Monday, August 24, 2009

हतियारसहित निस्केका शिविरका लडाकु सशस्त्र प्रहरीको नियन्त्रणमा

बुटवल, भदौ ८ (नागरिक) - सशस्त्र प्रहरीले कपिलवस्तुको पिपरामा माओवादी लडाकु चढेका तीन वटा गाडी नियत्न्त्रणमा लिएको छ। गाडीमा हतियार देखेपछि गस्तिमा गएको प्रहरीले बा ००१ अ ७०, बा ००१ अ ६८ र बा ५ च ५१५९ नम्बरको गाडी नियन्त्रणमा लिएको हो भने बा ५ च ८८४८ नम्बरको अर्को गाडी भागेको प्रहरीले जनाएको छ। गाडीमा अहिलेसम्म एसएमजी, इन्सास लगायतका आठ थान हतियार भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तौलीहवा लगिरएको छ। गाडीमा कति जना थिए भन्ने विषयमा प्रहरीले स्प्ट पारेको छैन। भागेको गाडीमा विग्रेड कमाण्डर सूर्यवहादुर घर्तीलगायतका केही लडाकु भएको जनाइएको छ। दाङबाट पूर्वतर्फ आउँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको पिपरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले गाडीसहितका लडाकुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीसमक्ष पक्राउ गरिएकाहरुले ती गाडी रुपन्देही स्थित सैनामैना लडाकु शिविरमा जान लागेको बताएका छन्। प्रहरीले केही हतियार राष्ट्रसंघको छाप नभएको बताए पनि त्यसको विवरण दिएको छैन। उनीहरुको साथबाट प्रमुख जिल्ला अधिकारी, अनमिनका प्रतिनिधि, माओवादी शिविरका कमान्डरहरु घटनास्थल पुगेका छन्। हतियारमा युएनको छाप लागेको र उनीहरु एक शिविरबाट अर्को शिविरमा जाँदा पक्राउ गरिएको हुनसक्ने राजधानीमा रहेका एक माओवादी कमान्डरले नागरिकलाई बताए।

माओवादीले सरकारविरुद्द अविश्वास प्रस्ताव ल्याउने

नेपालगन्ज भदौ ८- पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अल्पमतमा परेको दावी गर्दै माओवादी चाँडै अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहेको खुलासा गरेका छन्। चुनाव हारेका धेरै व्यक्ति सरकारमा सामेल भएका कारण जनताको नजरमा वर्तमान सरकार गिरेको छ, सोमबार नेपालगन्जमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मलेनमा दाहालले भने। वर्तमान गठबन्धनमा सामेल २२ दलमध्येकै केही दल माओवादीको सरकार बन्नुपर्ने प्रस्ताव ल्याएर आफूकहाँ आइरहेको अध्यक्ष दाहालले खुलासा गरे। बहुमत नपुगेको यो सरकार धेरै दिन टिक्दैन- दाहालले भने। पहिला संसदमा राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध छलफल होस् भन्ने चाहेको र त्यसपछि अविश्वास प्रस्ताव ल्याउने उनले बताए ।' राष्ट्रपतिका विरुद्ध ल्याइएको संकल्प प्रस्तावलाई संसदमा छलफल गर्न दिइनुपर्ने मागसमेत उनले राखे। यदि माओवादीलाई सबैतिरबाट दबाएर राख्न सकिन्छ भनेर कसैले ठानेको छ भने त्यो दुर्भाग्यपुर्ण हुने माओवादी अध्यक्षले बताए। सरकारकै कारण संविधान लेखनमा ढिलाई भइरहेको उनको आरोप छ। प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा रहेकै बेला आफु युरोप भ्रमणबाट फर्केपछि काठमाडौंमा नेपालको भ्रमण असफल रहेको बताएपछि मात्र प्रधानमन्त्रीले रोइवरी गरी भारतसँग वाणिज्य सन्धि गरेको दाहालले दाबी गरे। दुवै देशबीच वाणिज्य सन्धि भए पनि त्यो प्रारम्भिकमात्र भएकाले खुशी भइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। सेती–महाकाली, भेरी–कर्णाली र थारुवान राज्य समितिको प्रशिक्षणका लागि माओवादी अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, देव गुरुङ, नेत्रविक्रम चन्दलगायतका नेता आइतबार नेपालगन्ज आएका थिए।

नेपालमा लुकेर तिब्बतमा सशस्त्र गतिविधि गर्ने योजनाः चीन

काठमाडौं, भदौ ८- चीनले स्वतन्त्र तिब्बत पक्षधर तिब्बतीले नेपालको सीमा जोडिएका जिल्लामा आएर लुक्ने र तिब्बत छिरेर सशस्त्र गतिविधि गर्ने योजना बनाइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि सचेत हुन र कदम चाल्न नेपाललाई आग्रह गरेको छ।
गृह प्रशासन स्रोतका अनुसार चीनले भारतको धर्मशाला र वरपरका क्षेत्रमा रहेका तिब्बतीहरूको संगठन 'तिब्बतीयन युथ कंग्रेस' नेपाल हुँदै तिब्बत आएर सशस्त्र गतिविधि गर्ने तयारी अवस्थामा रहेको गुप्तचर सूचना आफूले पाएको जानकारी नेपाललाई उपलब्ध गराउँदै त्यस्तो आग्रह गरेको हो।
चिनियाँ अधिकारीले नेपालको गृह प्रशासनलाई उपलब्ध गराएको सूचना अनुसार तिब्बतियन युथ कंग्रेसका तालिमप्राप्त लडाकु भिक्षुका रूपमा नेपाल प्रवेश गरी उत्तरी जिल्लाका तिब्बतसित जोडिएका क्षेत्रमा आएर आश्रय लिने योजना बनाएका छन्।
कंग्रेसका लडाकुले अमेरिका, युरोप र भारतमा सशस्त्र तालिम लिएको दाबीसमेत चिनियाँको छ। उनीहरू साना हतियारसहित तिब्बतनजिक नेपाली भूमिमा भिक्षुका रूपमा आएर बस्ने र लुकिछिपी तिब्बत गएर सशस्त्र गतिविधि गर्ने योजनामा रहेको दाबी चिनियाँ अधिकारीको छ।
नेपाल सरकारको इजाजतबिना नेपालमा अवतरण गरेको युरोकप्टरले चीनविरुद्ध उपयोग गर्न हतियार खसालेको हुन सक्ने चिन्तासमेत चिनियाँको छ। बिनाइजाजत त्यसरी अवतरण गर्ने युरोकप्टरले पुनः हतियार खसाल्न सक्नेतर्फ सचेत हुनसमेत चीनले नेपाललाई आग्रह गरेको छ। युरोकप्टर युरोपको हेलिकप्टर हो।
चीनले उत्तरी जिल्लामा रहेका दर्जनौं बौद्ध गुम्बामा स्वतन्त्र तिब्बत पक्षधर तिब्बतीले आश्रय लिंदै आएको दाबीसमेत नेपालसमक्ष गरेको छ।
भारतको धर्मशालामा बस्दै आएका तिब्बती धार्मिक नेता दलाई लामाले भने तिब्बतीयन युथ कांग्रेसलाई सशस्त्र गतिविधि नगर्न दबाब दिंदै आएका छन्।
चीनले नेपाली सीमाबाट स्वतन्त्र तिब्बत पक्षधर तिब्बतीबाट आफ्नो क्षेत्रमा हुन सक्ने गतिविधि रोक्न उत्तरी जिल्लाको सीमा क्षेत्रमा तत्काल सशस्त्र प्रहरी बल राख्न नेपाललाई दबाब दिएको छ।
चीन र नेपालका गृह प्रशासन र सुरक्षा अधिकारीहरूको अघिल्लो साता तिब्बतको ल्हासामा भएको द्विपक्षीय वार्तामा त्यस्तो दबाब दिएको हो।
स्रोतका अनुसार चिनियाँ अधिकारीले नेपाली सीमाबाट तिब्बतीको गतिविधि र ओहोरदोहोर तथा अवैध धन्दा रोक्न नेपाल सरकारलाई गम्भीर हुन आग्रह गरेका थिए।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक किशोर लामो नेतृत्वको टोली र तिब्बती सुरक्षा अधिकारीबीच अघिल्लो साता ल्हासामा वार्ता भएको थियो। वार्तामा गृह मन्त्रालयका अधिकारीसमेत सहभागी थिए।
सरकारले चिनियाँ आग्रहमा तिब्बतसित सीमा जोडिएका कुन-कुन जिल्लामा सशस्त्र प्रहरी राख्नु आवश्यक छ भनी मुख्य दुई आधारमा गृहकार्य गरिरहेको छ।
तिब्बतीले खम्पा विद्रोह गर्दा कुन-कुन जिल्लामा विद्रोही लुकेर गतिविधि गरेका थिए, ती जिल्लामा राख्नुपर्ने गृहको तयारी छ। खम्पा विद्रोहका क्रममा चीनसँग सीमा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका अधिकांश तिब्बती विद्रोही बसेर चीन विरोधी गतिविधि गरेका थिए।
चिनियाँ सीमामा सशस्त्र प्रहरी बल राख्न गुम्बा बढी भएका उत्तरी जिल्लालाई समेत आधार बनाइनेछ। गुम्बामा स्वतन्त्र तिब्बत पक्षधर तिब्बती भएका जिल्लालाई आधार बनाई सशस्त्र प्रहरी बल राखिनेछ।
गृह प्रशासन स्रोतका अनुसार नेपालमा स्वतन्त्र तिब्बत पक्षधर गतिविधि बढेपछि चिनियाँ राजनीतिक तथा सुरक्षा अधिकारीहरूले नेपाल भ्रमणलाई तीव्रता दिन थालेका छन्।
चिनियाँ राजदूतले समेत प्रधानमन्त्री र गृहमन्त्रीलाई पटकपटक भेटी चिनियाँ सीमा जोडिएका जिल्लामा सशस्त्र प्रहरी राख्न र तिब्बतीको गतिविधि नियन्त्रण गर्न आग्रह गर्दै आएका छन्।
चीनले तिब्बती गतिविधिको सुराकी गर्न नेपालको राजधानी र प्रमुख सहरमा व्यापार, भाषा प्रशिक्षण केन्द्रमा लगानी र नेपालीलगायतका भाषा सिक्ने नाउँमा आफ्ना नागरिकलाई गुप्तचरका रूपमा परिचालनलाई तीव्रता दिएको जानकारी गृह स्रोतले दिएको छ।

सुजाता चीन जानेकाठमाडौं, भदौ ८ (नागरिक)- परराष्ट्रमन्त्री सुजाता कोइराला भदौको चौथो साता चीन जाने भएकी छन्। मन्त्रीनिकट स्रोतका अनुसार कोइरालालाई भदौ २४ देखि भ्रमण गर्न चिनियाँ पक्षले प्रस्ताव गरेको छ।'चीनले प्रस्ताव गरेको मिति भदौं २४ देखि हो, त्यसमा अहिलेसम्म हेरफेर भएको छैन,' स्रोतले भन्यो। मन्त्री भएलगत्तै चिनियाँ समकक्षी याङ जेइचीले उनलाई भ्रमणको निम्तो दिएका थिए।
कोइरालासँग आइतबारै चिनियाँ दूतावासका एक उच्च प्रतिनिधिले भेट गरी भ्रमणबारे छलफल गरेका थिए। अधिकारीहरूले भेटबारे टिप्पणी गर्न चाहेनन्।

Wednesday, August 19, 2009

नेपालीमा सपथ लिनु जरुरी छैन : उपराष्ट्रपति झा

राष्ट्रपति यादव सपथ ग्रहण गराउन तयार-
काठमाडौं, भदौ ३
sorce-nagariknews.com
उपराष्ट्रपति परमानन्द झाले आफूले नेपाली भाषामा सपथ लिनुनपर्ने आशयको जानकारी सर्वोच्च अदालतलाई पठाएका छन्। उनले बुधबार अदालतमा जानकारी पठाउँदै आफू अझैं कुन भाषामा सपथ गर्ने भन्नेमा नै अन्योलमा रहेको बताएका हुन्। कुन भाषाको सपथपत्रलाई सरकारी अभिलेखका लागि आफूले दस्तखत गर्नुपर्ने हो वा बोलेका कुरा सरकारी अभिलेखमा रहने हो भन्ने सम्बन्धमा द्विविधा रहेको उल्लेख गरेका छन्।सर्वोच्च अदालतले नेपाली भाषामा सपथ नलिने÷नगर्ने भए सोही व्यहोराको जानकारी गराउन आदेश दिए पनि उपराष्ट्रपतिले पत्रमा यसबारे प्रष्ट पारेका छैनन।राष्ट्रपतिले आफूलाई पुनः सपथ गराउन स्वीकार गरेको खण्डमा तथा सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट कार्यक्रम तय गरी जानकारी गराएको अवस्थामा मात्र आफूले केही गर्न मिल्ने भनी उपराष्ट्रपतिले अदालतलाई जानकारी दिएका छन्।आफूले पहिले नेपाली भाषामा हस्ताक्षर गरेको सपथपत्रलाई अदालतले बदर नगरेको दावी गर्दै उनले भनेका छन- "मैले लिएको सपथ अदालतबाट बदर गरिएको भएपनि मलाई पुनः सपथ गराउनु भनी महामहिम राष्ट्रपतिज्यूको नाममा सम्मानित अदालतबाट कुनै आदेश निर्देश जारी नभएको अवस्था छ।"नेपाली भाषामा सपथ नलिई पदभार ग्रहण गर्न नमिल्ने भएकाले उपराष्ट्रपति पदबाट हटाउन माग राखी नवराज न्यौपाने र विष्णुप्रसाद बाँस्तोलाले दिएको रिटमा उक्त जानकारी पठाइएको हो ।अदालतलाई राष्ट्रपति कार्यालयले पत्र पठाई राष्ट्रपति रामवरण यादव उपराष्ट्रपतिबाट नेपालीमा सपथ लिन इच्छा देखाएमा आफू सपथ ग्रहण गराउन तयार रहेको जनाइएको छ।"सपथ ग्रहण गर्ने व्यक्तिले सो को लागि इच्छा व्यक्त गरी जानकारी गराएको अवस्थामा नेपालको अन्तरिम संविधान २०६३ बमोजिम सपथ ग्रहण सम्बन्धी कार्य सम्पादन गर्न सम्माननीय उपराष्ट्रपतिज्यू तयार नै रहनु भएको छ" पत्रमा उल्लेख छ।राष्ट्रपतिका नाममा अदालतबाट पत्र पठाइएकोमा राष्ट्रपति कार्यालयले ध्यानाकषर्ण भएको जनाएको छ । राष्ट्राध्यक्षका सम्बन्धमा आम प्रचलनका स्वीकृत लोकतान्त्रिक अभ्यास र मान्यता सम्बन्धी व्यवस्थाका सन्दर्भमा उक्त पदको गरिमा र मर्यादालाई हेरेर पत्रप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।न्यायाधीशहरु तपबहादुर मगर रामकुमारप्रसाद साह कल्याण श्रेष्ठ पे्रम शर्मा र भरतराज उप्रेतीको पूर्ण इजलासले अदालतको आदेश कार्यान्वयन गर्न के कस्तो कार्यक्रम तर्जुमा भएको छ भनी जानकारी पठाउन आदेश दिएको थियो ।मन्त्रीपरिषद्को कार्यलयले सपथ ग्रहणका लागि कार्यक्रम तय गर्न उपराष्ट्रपतिसँग सहमति मागी पत्र पठाइएको जानकारी गराएको छ । राष्ट्रपतिको कार्यालयसँग समन्वय गरी सपथ ग्रहणको मिति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले सो प्रयोजनका लागि सम्माननीयज्यूको सम्मतिको लागि मूख्यसचिव माधवप्रसाद घिमिरेले सोमबार अनुरोध गरेका थिए ।सर्वोच्च अदालतले उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको सपथ गैरसंवैधानिक भएको निर्णय गर्दै गत साउन ९ गते बदर गरेको थियो। आइतबार रिटमा सुनुवाइ गरी अदालतले उपराष्ट्रपतिलाई काम गर्नबाट रोक्न अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धी निर्णय दिने छ।

Tuesday, August 4, 2009

सरकारद्धारा तराईका ४ वटा शशस्त्र समुहलाई पत्रचार

साउन २० काठमाण्डौ, अघिल्लो सरकारसंग भएको सहमतीको समिक्षाका लागि तराईमा संघर्षरत ४ वटा सशस्त्र समुहलाई पत्राचार गरेको छ । शान्ति मन्त्रालयले जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुह मधेशी मुक्ति टाइगस्र मधेसी भाइरस किलस्र र मधेश राष्ट्र जनतान्त्रिक पार्टी क्रान्त्रिकारीलाई सहमती समिक्षा वार्ताका लागि संयुक्त पत्रचार गरेको श्रोतले जनाएको छ । श्रोतका अनुसार मन्त्रालयका उपसचिव देवीराम भण्डारीद्धारा हस्ताक्षरित पत्रमा समिक्षा वार्ताका लागि साउन २५ गते शान्ति मन्त्रालयमा उपस्थीत हुन भनिएको छ । सरकार पत्र आएपछि आफुहरु समुहिछ छलफलमा जुटेको र छिट्टै जवाफ पठाइने राजन मुक्ति समुहका वार्ता टोली संयोजक राजिव झाले जानकारी दिनुभयो । माओवादी नेतृत्वको सरकारद्धारा गठित वार्ता टोलीसंग पहिलो चरणको वार्ता गरेका चारवटै समुहले हालै मात्र कार्यगत एकता गरेका छन् ।

Thursday, July 30, 2009

लौन त्यस नेपाल भन्ने देशका जनतालाई हैजावाट वचाउने कोई छ ?

हैजाका कारण नेपाल भन्ने देशको जाजरकोट भन्ने जिल्लामा १ सय ७४ जनाको ज्यान गयसक्यो रुकुममा ४७ जनाको मृत्यु भएको छ । हैजाको महामारी सुर्खेत वैतडि लगायतका मध्य तथा सुदुरपच्चिमका जिल्लामा फैलिदै गएको छ । तर त्यस नेपाल भन्ने देशका नालायक सरकारका प्रधानमन्त्री माधवकुमार नेपाललाई माओवादी भन्ने विपक्षी दलको खोईरो खन्दैमा फुस्रद छैन रे खोइरो खनेर वाकी रहेको समयमा पनि अविर माला लगाउन हतारिदै एमाले भन्ने दलको कार्यकर्ता जम्मा गर्न दौडिन्छन रे । स्वाथ्यमन्त्री उमाकान्त चौधरी भन्नेको त कुरै छाडौ । वल्ल मन्त्री भाको सचिवको कोटामा विदेश फरार भएका छन् । अनि जनताका लागि लडेको भन्ने काग्रेस एमाले माओवादी खाओवादी सवै एउट ड्याङ्गको मुला एक आसपमा वाजावाज गर्न मै व्यस्त ।
लौन त्यस नेपाल भन्ने देशका जनतालाई हैजावाट वचाउने कोई छ ?

Thursday, July 23, 2009

दिनहुँ मन्त्रीको निरिक्षण तर रोकिएन मर्नेको संख्या

sawan 8, झाडापखालाले रुकुममा महामारीकोरुप लिएपछि रोग नियन्त्रण गर्न रुकुममा दिनहु रोगीहरुको निरक्षंण भैरहेको देखिन्छ । तर झडापखालावाट मर्नेहरुको संख्या भने रोकिएकॊ छैन् । प्रकोप क्षेत्रमा प्रयाप्त औषधि र उपचार भए पनि झाडा पखाल बाट ज्यान गुमाउनेको सङख्या भने निदहु बढि रहेको छ । रोगको बास्तबिक कारण आधिकारिक रुपमा कसैले पृष्टि गर्न सकेका छैनन । प्रधानमन्त्री माधब कुमार नेपालले परम्परागत संस्कार र गरिबीका कारण यो रोग महामारीको रुपमा फैलिएकोले सरकारले तत्काल प्रभाबकारी उपचारको प्रबन्ध मिलाएर यसलाइ नियन्त्रण गरी अबका दिनमा कुनै पनि नागरिकको पखालका कारण ज्यान गएको खबर सुन्नमा नआउने बताएको तिन दिन भित्र रुकुममा मात्र ५ जनाको झाडा पखालाका कारण निधन भैसकेको छ । त्यस्तै पुर्व अर्थ मन्त्री डा बाबु राम भट्टराइले झाडा पखाला कुनै रोग नभएको र अहिलेको सरकारले यस्तो सानो रोग नियन्त्रण गर्न नसक्नेृ सरकार लाइ ढालेर जनबिद्रोह मार्फत नया सरकार गठन गरेपछि मात्र सबैले स्वास्थ्य उपचार पाउने प्रतिकि्रया दिएको भोली पल्ट तिन जनाको ज्यान गयो । उपचारको लागी रोग प्रभाबित सबै ठाउहरुमा औषधी र स्वास्थ्यकर्मीहरु पठाएको र अझै १५ दिन सम्म का लागी औषधि प्राप्त मात्रामा भएको र हाल सम्म उपचारको क्रममा कसैको मृत्य नभएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा बिनोद गिरीले जानकारी दिएपनि गोतामकोट र अर्मा मा उपच।रको क्रममा एक एक गरि दुइ र भलाक्चामा १ गरि तिन जनाको ज्यान गइसकेको छ । महामारी नियन्त्रणको क्रममा सोमबार प्रधानमन्त्रि र स्वास्थ्य मन्त्रि आउंदाको दिनमा दुईजनाको ज्यान गयो भने मंगलबार पुर्व अर्थ र शान्ति मन्त्रि रुकुममा आएको भोली पल्ट बुधबार पुनः तिन जनाको ज्यान गएको छ । यो सहित रुकुममा मात्र ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ ।