Sunday, January 25, 2009
सुरक्षा परिषद्,
6074औँ वैठक
सर्वसम्मत रूपले प्रस्ताव 1864 (2009) लाई पारित गर्दै सुरक्षा परिषद्द्वारा नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनको कार्यादेश 23 जुलाई 2009 सम्म थप
मिसनको आकार घटाउने महासचिवको सिफारिसको अनुमोदन: हालको कार्यादेशको अन्त्यसम्ममा मिसनका गतिविधिहरू सम्पन्न गर्ने लक्ष्य
सुरक्षा परिषद्ले आज नेपाल स्थित राष्ट्रसँघीय मिसन (अन्मिन) जसको कार्यादेश आजैबाट सिद्दिँदै थियो, नेपाल सरकारको अनुरोधमा अर्को ६ महिनको लागि थप गरेको छ।
सुरक्षा परिषद्ले प्रस्ताव १८६४ सर्वसम्मतिले पारित गर्दै महासचिवले आफ्नो प्रतिवेदनमा (दस्तावेज एस/2009/1) उल्लेख गरेझैँ अनुगमनको विद्यमान व्यवस्था अनिश्चितकालसम्म कायम राख्न नसकिने कुरा प्रति सहमति जनाउँदै उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेखित मिसनको आकार क्रमिक रूपले घटाउँदै लैजाने सिफारिसको पनि अनुमोदन गरेको छ।
यसैगरी परिषद्ले मिसनको फिर्तिलाई सहज तुल्याउन यसै कार्यादेशको अन्त्य सम्ममा मिसनलाई आफ्नो क्रियाकलाप सम्पन्न गर्न सहज वातावरण बनाईदिन सरकारसँग आग्रह गरेको छ र अन्मिनको आकार थप सानो पार्ने हेतुले यस प्रस्तावको कार्यान्वयनका सम्बन्धमा भएका प्रगतिका बारेमा अप्रिल ३० भित्रै अर्को प्रतिवेदन प्रस्तुत गर्नका लागि महासचिवलाई अनुरोध गरेको छ।
परिषद्ले नेपालको अनुरोधका सम्बन्धमा १६ जनवरी मा छलफल गरेको थियो। सो दिन यसले महासचिवका विशेष प्रतिनिधि ईयान मार्टिनद्वारा प्रस्तुत ब्रिफिङ र नेपालका प्रतिनिधिद्वारा प्रस्तुत मन्तब्य सुनेको थियो (प्रेस विज्ञप्ति एससी/९५75 हेर्नुहोस)।
स्थायी प्रतिनिधिका हैसियतले परिषद्को बैठकमा अन्तिम सहभागिता जनाउनु भएका युगाण्डाका प्रतिनिधि फ्रानसिस के बुटागिरालाई परिषद्ले बिदाइ गर्यो।
बैठक बिहान १० बजेर १४ मिनेट जाँदा सुरु भइ १० बजेर १७ मिनेट जाँदा स्थगित भएको थियो।
प्रस्ताव
प्रस्ताव 1864 (2009) को पूर्ण पाठ: “
“आफ्नो प्रस्ताव 1825 (2008), १७९६ (२००८) र प्रस्ताव १७४० (२००७)को स्मरण गर्दै,
“नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रता एवम् विस्तृत शान्ति सम्झौता तथा त्यसपछिका अन्य सम्झौताको कार्यान्वयनमा नेपालको स्वामित्वमा जोड दिँदै,
“नेपाल सरकार र नेकपा (माओवादी)ले नोभेम्बर २१ तारिख २००६ (२०६३ मंसिर ५)मा विस्तृत शान्ति सम्झौतामा गरेको हस्ताक्षरको स्मरण गर्दै र वर्तमान युद्धविरामलाई स्थायी तथा दिगो शान्तिमा रूपान्तरण गर्न दुवै पक्षबाट भएको प्रतिबद्धता एवम् सम्झौता कार्यान्वयन गर्न आजको मितिसम्म चालिएका कदमको सराहना गर्दै,
“नेपाली जनताको शान्ति तथा लोकतन्त्र पुनर्बहालीको दृढ इच्छा तथा यस सन्दर्भमा विस्तृत शान्ति सम्झौता र त्यसपछिका अन्य सम्झौताको सम्बद्ध पक्षहरूबाट कार्यान्वयनको महत्त्वलाई आत्मसात् गर्दै,
“समयमै विस्तृत शान्ति सम्झौता र त्यसपछिका अन्य सम्झौता, विशेषत् २५ जुन (२०६५ असार ११) को सम्झौताको प्रभावकारी कार्यान्वयन गरी नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउन आफू तयार रहेको विचार व्यक्त गर्दै,
“२००८ अप्रिल १० (२०६४ चैत २८)मा सफलतापूर्वक सम्पन्न संविधानसभाको निर्वाचन,र संविधानसभाको गठन भएपछि नेपालका दलहरूले लोकतान्त्रिक सरकारको गठन गर्न हासिल गरेका प्रगति र संविधानसभाले आफ्नो पहिलो सत्रमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापना गर्ने निर्णय समेतको स्वागत गर्दै,
“नेपालमा लोकतान्त्रिक तवरबाट निर्वाचित सरकार र अन्य निकायको गठन भएको कुराको स्वागत गर्दै,
“माओवादी सैन्य जवानहरूको रेखदेख, समायोजन र पनर्स्थापनाका लागि विशेष समितिको गठनको स्वागत गर्दै र सो समितिको काम कार्वाही प्रभावकारी तुल्याउन र माओवादी सैन्य जवानहरूको समायोजन र पुनर्स्थापन सम्पन्न गर्न नेपाल सरकार र सम्पूर्ण राजनीतिक दलहरूलाई मिलेर काम गर्न आग्रह गर्दै,
“नेपालका सबै दलहरूलाई गरिएका सम्झौताहरूको कार्यान्वयनमा सिघ्र अगाडी बढ्न महासचिवले गर्नुभएको आह्वानलाई दोहोर्याउँदै, राजनीतिक दलहरू बीच जुन २५ (असार ११) मा सम्पन्न सम्झौता अनुसार हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनमा अन्मिनले उपयुक्त ढंगबाट सहयोग पुर्याउन सक्ने भनी महासचिवले गर्नु भएको मुल्याङ्कनलाई ध्यान दिदै; दीर्घकालिन समाधान हासिल गर्न दलहरूले अनुरोध गरे अनुसार नै अन्मिन सहयोग पुर्याउन ईच्छुक रहेको कुरा स्वीकार गर्दै,
“नेपाल स्थित राष्ट्रसंघीय मिसन (अन्मिन)को सम्बन्धमा 2 जनवरी मा महासचिवले आफ्नो कार्यादेश बमोजिम प्रस्तुत गर्नु भएको प्रतिवेदनको स्वागत गर्दै,
“प्रस्ताव १७४० (२००७) ) र विस्तृत शान्ति सम्झौताका प्रावधान अनुरूप दुई चरणको प्रमाणिकरणको काम सम्पन्न भएकोमा तथा हातहतियार तथा सेनाको व्यवस्थापनको अनुगमनमा निरन्तर सहयोगको स्वागत गर्दै, अन्मिनको गतिविधिको समापनका लागि सहयोग पुर्याउने वातावरण सिर्जना गर्न दीर्घकालिन र भरपर्दो समाधानको महत्त्वलाई उल्लेख गर्दै र यसै परिप्रेक्षमा महत्त्वपूर्ण मुद्दाहरूको सम्बोधन विशेषगरी शिविरहरूबाट नाबालिगहरूको विदाई, नेपाल सरकारको नावालिगहरूलाई अविलम्ब विदाइ गर्ने प्रतिवद्धताको स्वागत गर्दै र यस प्रतिबद्दताको यथासीघ्र कार्यान्वयन गर्न र यस सम्बन्धमा प्रस्ताव १६१२ (२००५) ले माग गरे बमोजिम निरन्तर रिपोर्टिङ गर्न नेपाल सरकारलाई आग्रह गर्दै,
“संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको कुराको प्रशंसा गर्दै उल्लेख गर्दै, प्रस्ताव १७४० (२००७) द्वारा तय गरेका कार्यादेशका केही तत्व पूरा भइसकेको उल्लेख गर्दै,
“नेपाल सरकारले 12 डिसेम्बर 2008 (एस्/२००८/837) मा अन्मिनको योगदानलाई स्वीकार्दै र बाँकी रहेको अन्मिनको कार्यादेश पूरा गर्न अन्मिनलाई सानो आकारमा छ महिना कार्यादेश थप गर्न आग्रह गर्दै लेखिएको पत्र माथि ध्यान दिदैँ, यसै छ महिनाको अवधि भित्र अन्मिनले जारी राखेको अनुगमनलाई अन्त्य गर्ने नेपाल सरकारको आशय माथि ध्यान दिँदै,
“विस्तृत शान्ति सम्झौता तथा प्रस्ताव १३२५ (२०००)मा उल्लेख गरिएअनुसार शान्ति प्रक्रियामा महिला, बालबालिका तथा परम्परागत रूपमा सीमान्तीकृत समूहहरूको आवश्यकतामा विशेष ध्यान पुर्याउनुपर्छ भन्ने कुरालाई स्वीकार्दै,
“लोकतान्त्रिक रूपान्तरण तथा द्वन्द्व रोकथाममा नागरिक समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरालाई स्वीकार्दै
“महासचिवका विशेष प्रतिनिधि र अन्मिनका उहाँका सहकर्मी, सरकारको अनुरोधमा मानवअधिकारको अनुगमन गरिरहेको नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयसहित नेपालस्थित राष्ट्रसंघीय टोली लगायत सबैका प्रयासहरूको प्रशंसा गर्दै, र अन्मिनको मिसनको मिसनको कार्यादेशको समाप्ति पछि पनि मिसन क्षेत्रमा संयुक्त राष्ट्रसंघका अन्य निकायका प्रयासहरूको निरन्तरताका लागि ती निकायहरू बीच समन्वय र संयोजनको आवश्यकताका लागि जोड दिदैँ,
“1. कार्यादेशका केही तत्व पूरा भइसकेको कुरालाई ध्यान दिदैँ राजनीतिक दलहरूबीचमा २५ जुन (२०६५ असार ११) मा भएको सम्झौता अनुरूप र शान्ति प्रक्रियालाई समापन गर्न सहयोग पुर्याउन निरन्तर रहेको हतियार तथा सेनाको व्यवस्थापन एवम् अनुगमनका कामका लागि नेपाल सरकारको अनुरोध तथा महासचिवको सिफारिस बमोजिम प्रस्ताव १७४० (२००७) अन्तर्गत स्थापित अन्मिनको कार्यादेश 23 जुलाई 9 सम्मका लागि नविकरण गर्ने निर्णय गर्छ,
“२. अन्मिनको कार्यादेशको अहम पक्षहरूको समापन सहज बनाउन शान्ति प्रक्रियाको सहयोगमा अन्मिनको कार्यादेश अन्तर्गत रहेर अन्मिनको विशेषज्ञता तथा तत्परताको पूर्ण फाइदा लिन सबै पक्षहरूलाई आव्हान गर्छ;
“३. विद्यमान अनुगमन सम्बन्धि व्यवस्था अनिश्चितकालसम्म कायम राख्न नसकिने महासचिवको विचारलाई स्वीकार्दै र अन्मिनको अनुगमन सम्बन्धी व्यव्सथामा कटौती गर्न आवश्यक उपायहरू नेपाल सरकारले चाल्नुपर्ने कुराको आवश्यकता माथि जोड गर्छ;
“४.महासचिवको प्रतिवेदनको अनुच्छेद 62 र 63 मा उल्लिखित हतियार अनुगमनकर्तासहित अन्मिनका कर्मचारीहरू चरणबद्ध, क्रमिक, विस्तारै निवृत गर्ने महासचिवको सुझावलाई अनुमोदन गर्छ;
“५. सुरक्षा परिषद्लाई यस निर्णयको कार्यान्वयनमा भएको प्रगति सम्बन्धमा नियमित रूपमा जानकारी गराउन र यस सम्बन्धमा र अन्मिनको आकार अझ सानो पार्ने हेतुले अन्मिनको संलग्नता स्वरूपको परिणामका बारेमा 30 अप्रिल 2009 भन्दा अघि प्रतिवेदन बुझाउन महासचिवलाई अनुरोध गर्छ;
“६. नेपालबाट अन्मिनलाई बिदा गर्ने कामलाई सहज बनाउनका लागि २५ जुन (२०६५ असार ११) को सम्झौताको कार्यान्वयन सहित अहिलेको कार्यादेश भित्रै अन्मिनका गतिबिधिहरूको समापनको अवस्था सिर्जना गर्नका लागि आवश्यक निर्णय लिन नेपाल सरकारलाई आव्हान गर्छ;
“७. हालसम्म हासिल गरिएको प्रगतिको स्वागत गर्दै, शान्ति प्रक्रियालाई गति प्रदान गर्न शान्तिपूर्ण, लोकतान्त्रिक र अझै उज्ज्वल भविष्यतिर मुलुकलाई डोर्याउन आवश्यक दीर्घकालीन समाधानतिर रूपान्तरणका लागि सहयोग, सहमति र सम्झौताको भावनाले मिलेर काम गर्न नेपालका सबै राजनीतीक दलहरूलाई आव्हान गर्छ;
“८. कार्यादेशबमोजिम कार्य गर्न गराउन खटिएका अन्मिन र त्यससित सम्बन्धित कर्मचारीको आवागमनको स्वतन्त्रता तथा सुरक्षाको प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने कदम चाल्न नेपालका सम्बद्ध पक्षहरूसमक्ष आग्रह गर्छ;
“९. यस विषयमा सचेत रहिरहने निर्णय गर्छ ।
* *** *
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment