कुखुरामा लाग्ने महामारी बर्डफ्लु भेटिएपछि मासुको माग र मूल्य घटेको छ। शनिबार काठमाडांैमा जिउँदो कुखुरा प्रतिकिलो १ सय रुपैयाँमा झरेको छ। एक साताअघि जिउँदो कुखुरा प्रतिकिलो १ सय ३० थियो।
बजारमा कुखुराको मासुको माग ह्वात्तै घटेको छ भ्याली कोल्ड स्टोरका साचालक हरिकृष्ण रावलले भने। कुखुराको माग घटेको हुँदा मूल्यसमेत घटेको हो। बर्डफ्लु लाग्नसक्ने डरले कुखुराको मासुको माग घटेको छ। सामान्य अवस्थामा काठमाडौंमा दैनिक ४५ हजार कुखुराको माग छ तर अहिले बर्डफ्लुको डरले खपत निकै घटेको व्यवसायीले बताए।
मासु पकाएर खाँदा बर्डफ्लु रोग नलागे पनि उपभोक्ता यसमा ढुक्क हुन सकेका छैनन्। उपभोक्तामा मनोवैज्ञानिक त्राश छ। यसलाई सरकारले प्रचारप्रसार गरेर हटाउने निर्णय आइतबार गरेको छ।
झापामा बर्डफ्लु फेला परेको जानकारी औपचारिकरुपमा शुक्रबार मात्र सरकारले जानकारी दिएको थियो। त्यसको पछिल्लो दिन शनिबारबाट कुखुराको मासुको मूल्य घट्न थालेको हो। यतिखेर तयारी मासुको मूल्य प्रतिकिलोग्राम १ सय ४८ रुपैयाँमा झरेको छ। शुक्रबार १ सय ९३ रुपैयाँ थियो।
कुखुराको मासुको मूल्य घटे पनि अण्डाको मूल्य भने यथावत् छ। प्रतिक्रेट अण्डाको मूल्य १ सय ५० रुपैयाँ छ। बर्डफ्लुको असर यतिखेर कुखुरापालक किसानलाई परेको छ।
शनिबार प्रतिकेजी १ सय ३० रुपैयाँ रहेको खबरपछि ५ सय कुखुरा लोड गरेर काठमाडौं आइपुगेका नुवाकोट बट्टारका केशव रिमालले आइतबार एक सय रुपैयाँमा कुखुरा बेचेका थिए। उनलाई आइतबार कुखुरा बेच्दा २२ हजार ५ सय रुपैयाँ घाटा भयो।
भ्याली कोल्ड स्टोरका रावलका अनुसार लोडशेडिङले कुखुरालाई लामो समयसम्म स्टोर गरेर राख्नसमेत कठिनाई परेको छ। कुखुरालाई ख्वाइने दानाअनुसार ४५ देखि ६० दिनसम्म मासुका लागि खपत हुने ब्वाइलर कुखुरा तयार हुन्छ। त्योभन्दा बढी समय राख्दा व्यवसायीलाई घाटा हुन्छ।
Monday, January 19, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment