प्रेस वक्तब्य
संविधानसभाको निर्वाचन भएपछि देशमा दिगो शान्ति र सदभावको नयाँं अध्याय शुरु हुनेछ भन्ने सबैको विश्वास थियो। तर यो सरकारबाट त्यसो हुन सकेन। मुलुक अझ संकट र द्वन्द्वतिर धकेलिदैं गाये। आज हत्या अपहरण लुटपाट आदि अनेक अपराधिक घटनाहरुले मुलुक आक्रान्त छ। कसैको पनि जीउ-धनको सुरक्षा छैन। सरकारकै प्रत्यक्ष वा परोक्ष संरक्षणमा यस्ता अवािाछत घटनारु भइरहेका छन। पारस्परिक एकता धार्मिक सांस्कृतिक र सामाजिक सद्भावमा आघात पुर् याएर देशमा अन्योल अस्थीरता र आशंकाको स्थिती सिर्जना गर्न सरकार नै लागिरहेको छ । स्वतन्त्र प्रेसमाथि प्रत्यक्ष र अप्रत्यक्ष आक्रमणको क्रम तीव्र हुनु र हिन्दुहरुको धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमाथि भएको राजनीतिक हस्तक्षेप यसका केही जवलन्त उदाहरणहरु हुन् । देशमा मंहगी बेरोजगारी हरेक दिन बढीरहेको छ । तर सरकारले यस्ता कुनै पनि कुरामा अलिकति पनि ध्यान दिइएको छैन । आज सरकारकै तर्फबाट शिक्षा स्वास्थ्य उद्योग आदि हरेक क्षेत्रमा अस्थिरता र आतंक खडा गरिएको छ । राष्ट्रिय सेनाको आत्मविश्वास बढाएर उनीहरुलाई राष्ट्र हितको कार्यमा अघि बढाउनुको सट्टा सेनाका सम्बन्धमा अनावश्यक विवाद खडा गरेर राष्ट्रिय सेनाको मनोवल गिराउने कार्य भइरहेको छ । राज्य संरचनाको विभिन्न निकायहरुमा जथाभावी सरुवा र ठूलो संख्यामा राजनीतिक प्रकृतिको नियुक्ति र भर्नाबाट अराजकताको स्थिती सिर्जना गरिएको छ । संसद चलेको अवजस्थामा आवश्यकीय विधेयकहरुलाई छलफलमा नल्याई संसदको चालु बैठक समाप्त भएको लगत्तै पछि सरकारले अध्यादेशहरु जारी गरेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसबाट यस सरकारको मनसाय लोकतान्त्रिक संसदीय प्रकि्रयालाई वेवास्ता गर्दै दुरगामी र राष्ट्रिय महत्वका विषयहरुमा देश र जनतामाथि आफनो इच्छा लाद्ने अधिनायकवादी सोच रहेको देखिन्छ । बेपत्ताहरुको छानविन गर्ने आयोग सम्बन्धी अत्यन्त सम्बेदनशील विषय सहमति र परामर्शमा गरिनुपर्ने विषय हुँदा हुँदै विना छलफल संसदीय प्रकि्रयालाई मिच्दै अध्यादेश ल्याउनुको पछाडी सरकारको गलत मनसाय रहेको स्पष्ट हुन्छ । मानव अधिकारको उल्लंघन गर्ने दण्डहीनतालाई प्रोत्साहन गर्दै विधिको शासनलाई कमजोर पार्ने संसदीय प्रकि्रयालाई छल्ने र राष्ट्रलाई अन्धकारमा राख्ने यस प्रकारका कुनै पनि कार्य लोकतन्त्रवादी हामी कसैलाई पनि स्वीकार्य हुने छैनन् । दिगो शान्ति बहुदलीय लोकतान्त्रिक मुल्य मान्यता र पद्धतीमाथि सरकारबाट भइरहेका यस्ता गलत कि्रयाकलापबाट राष्ट्रलाई बचाउन सबै राजनीतिक दल नागरिक समाज र आम जनतालाई म हार्दिक अपील गर्दछु । यस्ता गलत कार्य नगर्न समेत म सरकारलाई सचेत गराउँदछु । संविधान निर्माण र दिगो शान्ति स्थापना गर्न लोकतान्त्रिक विधीको पूर्ण अवलम्बन र राष्ट्रिय सहमतिको आवश्यकता भएको कुरा थाहा हँुदा हँुदै सरकारले अपनाएको अधिनायकवादी सोच र कार्य शैलीले मुलुकलाई अझ गम्भीर संकटमा पुर् याउने कुरा प्रति म सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।
जय नेपाल ।
गिरीजा प्रसाद कोइराला
सभापति
१७ माघ २०६५
Friday, January 30, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment