आदिबासी जनजाति महासंघ पनि आन्दोलनमा
पूरै देश ठप्प पार्छों : पासाङ शेर्पा
सरकारले अर्को आदिवासी विद्रोह निम्त्यायो : राजकुमार लेखी
मन्त्री गच्छदारलाई सरकार छाडी आन्दोलनमा आउन थारुको आग्रह
काठमाडौं फागुन २ सरकारले गरेको वार्ता आह्वानलाई थारु समुदायले ठाडै अस्वीकार गरेका छन्। उनीहरुले भद्रकालीमा विरोधसभा गरेर आन्दोलनका थप कार्यक्रम सार्वजानिक गरेका छन्।आन्दोलनको कार्यक्रमअनुसार फागुन २९ गते उपत्यकामा मसाल जुलुस र चैत २ गते उपत्यका बन्दको आह्वान गरिएको छ। आदिवासी जनजाति महासंघसमेत आन्दोलनका यी कार्यक्रममा सहभागी भएको छ। विरोधसभालाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले सरकारले तराईका आदिवासी जनजातिको माग सुन्छ भनेर आफूहरुले यसअघि आन्दोलनमा नैतिक समर्थनमात्र गरेको बताए। ´तर सरकारले नसुनेपछि पहाड र हिमालका जनजाति समुदायसमेत आन्दोलनमा जान बाध्य भएका छौं´- अध्यक्ष शेर्पाले भने।उनले अब तराईमात्र होइन उपत्यका र नेपाल नै ठप्प पार्ने चेतावनी दिए । ´हामी अब काठमाडौं र पूरा देशभर नै ठप्प पार्छौ´- उनले भने।थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले सरकारले तराईका आदिवासी जनजाति मुस्लिम दलित र पिछडिएका वर्गलाई अध्यादेशमार्फत् मधेशी बनाएर मालिकलाई खुशी बनाउने काम गरेको आरोप लगाए। उनले मालिक भनी मित्र राष्ट्र भारतलाई इंगित गरेका थिए।सरकारले वार्ताको आह्वान गर्दा प्रष्ट कुरा नगरेको पनि उनले बताए। ुवार्ताका लागि ठोस कुरा नगरेर सरकारले अर्का आदिवासी विद्रोह निम्त्याएको छु- महामन्त्री लेखीले भने।सरकारले भौतिक योजना मन्त्री विजयकुमार गच्छदारलाई वार्ताको समन्वय गर्ने जिम्मा दिएकोमा थारु समुदायले भने उनलाई सरकार छाडी आफूहरुको आन्दोलनमा आउन आग्रह गरेका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री गच्छदारलाई वार्ताको समन्वय गर्ने जिम्मा दिएको थियो।
Monday, March 9, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment