Friday, March 20, 2009

सरकार र टाइगर्सबीच चार बुँदे सहमति

काठमाडौं, चैत ७ - सरकार र तराईमा हिंसारत मधेशी मुक्ति टाइगर्सबीच चार बुँदे सहमति भएको छ। शुक्रवार सिंहदरवास्थित शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको वार्तामा यो सहमति भएको हो।
सहमतिअनुसार मधेशी मुक्ति टाइगर्सको वार्ता टोलीको सदस्यहरुको सुरक्षा सरकारले लिने छ। त्यस्तै टाइगर्सले आफना सशस्त्र र उत्तेजक कारवाही फिर्ता लिने र सरकारले यो समुहका कार्यकर्तालाई राजनीतिक ब्यवहार गर्ने सहमति भएको छ।
आन्दोलनका क्रममा बन्दी बनाइएका कार्यकर्ताहरुको नाम टाइगर्सले सरकारलाई उपलब्ध गराउने र त्यसमा छानविन गरी क्रमशः रिहा गर्ने सहमति पनि भएको छ। अर्को वार्ता भने दुवै टोलीबीच आपसी सहमतिले तय गरिने सहमति पनि भएको छ।
वार्तामा सरकारी वार्ता टोलीका तर्फबाट शान्ति तथा पुर्ननिर्माण मन्त्री जनार्दन शर्मा र शिक्षामन्त्री रेणु यादव सहभागी थिए। टाइगर्सबाट वार्ता टोलीको संयोजक भोलाप्रसाद मुखिया थिए । टाइगर्ससाग भएको यो पहिलो चरणको वार्ता हो।यसअघि सरकारी वार्ता टोलीले तराईमा हिंसारत ६ समुहसाग वार्ता पहिलो चरणको वार्ता गरिसकेको छ।

No comments: