हजारौको जुलुस नारायणगढमा
नवलपरासीका सर्वसाधारण खाधान्न किन्न भारतीय बजारमा
चितवन फागुन २५, थारु कल्याणकारीणी सभाको आव्हानमा चितवनमा भएको थारु आन्दोलनका क्रममा आइतबार नारायणगढमा उत्रिएको हजारौको थारु जुलुसले दोस्रा जनआन्दोलनको झल्को दिएको छ। आन्दोलनको सातौं दिन चितवनका निकट र विकट सबै ठाउँका थारु समुदायले माग पूरा गर्न दबाब दिदैं दिनभर विरोध प्रदर्शन गरे।गाउँ - गाउँबाट निस्केको महिला, पुरुष, बालबालिकासहितको हजारौको संख्यामा विरोध जुलुस नारायाण्गढ बजारमा निस्कीएको थियो। हजारौको संख्यामा पूर्वि चितवन, पश्चिम चितवनका गाउँबाट आएका थारु प्रदर्शनकारीको जुलुसले नारायणगढ बजार परिक्रमा गरी पुल्चोकमा कोणसभा गरे। थारु प्रदशनकारीलेको जुलुसले नारायणगढ बजार पुरै भरिएको थियो।केन्द्रीय तथा जिल्लास्तरका आदिवासी नेताले जातीय पहिचान विरुद्धको निर्णय कदापी आफूलाई अमान्य हुने धाराण कोणसभामा व्यक्त गरे।दिनभर कुनै पनि सवारी साधन नचलेको बजारमा साँझबाट भने सवारी साधन चलेका थिए। थारु समुदायले बन्द भने नखोलिएको बताए। बन्दका क्रममा अन्य सर्वसाधाराणलाई पनि आवत जावतमा कठिनाइ भएको थियो।प्रदर्शनका क्रममा प्रदर्शनकारीले पदमपुरमा ५ वटा मोटरसाइकल तोडफोड र आगजनी गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि भित्रीबाटो भएर गएका ती मोटरसाइकललाई पदमपुर चोकमा बसेका थारु प्रदर्शनकारीले रोकेर तोडफोड र आगजनी गरेका हुन्। बा ३२ प ९४७४, ना १० प ७७६४, ना ६ प ७०७३ सहितको ५ वटा मोटरसाइकल तोडफोड भएको हो । त्यस्तै प्रदर्शनकै क्रममा बैरेनीमा पनि केही मोटरसाइकलमा तोडफोड भएको थियो ।थारु प्रदर्शनकारीले दिनभर भरतपुरकोक्याम्पसचोक आँपटारीनारायणगढको पुल्चोक लायन्सचोक लगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिएपूर्विचितवनमा पनि विरोध प्रदर्शन संगै गाउँगाउाबाट आएका थारुहरुले र्याली र नाराजुलुस निकाल्दै नारायणगढ आएका थिए । रत्ननगरको भानुचोकनिपनीचोकमा अलिे व्याप रुपमा प्रदर्शनकारीले नाराजुलुस सहित प्रदर्शन गरेका थिए । त्यस्तै टाँडीसौराहापसा्र खैरहनीचोक लगायतका स्थानमा पनि थारुहरुले दिउसो प्रदर्शन जारी राखे। पुीर्व चितवनकै खाले सिमलमा बन्दको समर्थनमा कुमाल जातीले यातायात बन्द गराए ।बन्दले जनजिवन अस्तव्यस्त बन्दै गएको बेला साँझ भने नारायणगढमा सर्वसाधाराण्को चहलपहल बढेको थियो । ।पश्चिम चितवनका माडीजगतपुरगीतानगरमेघौली लगायतका क्षेत्रमा पनि प्रदर्शन भएको थियो ।यसैविच थारु महिलाहरुको एकसमुहले गुाजनगर गाविसको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । त्यसैगरि दिव्यनगरमेघौलीको पसा्रढापभगौडी ज्योतीनगर क्षेत्रमा पनि थारुसमुदायले प्रदर्शन गरेका थिए छन् । उता नवलपरासीमा पनि बिहानैबाट बन्दको प्रभाव परेको छ । नवलपरासीको चोरमारामा आज बिहान ४ बजे बन्दको अवज्ञा गरेको भन्दै ट्रक तोडफोड गरिएको छ ।बन्दकर्ताले लु १ ख ५१५७ नम्बरको ट्रकलाई तोडफोड गरेका हुन । यसैविच काठमाण्डौबाट वुटवल जादै गरेको बा २८ प २४४३ नम्बरको मोटरसाईकल प्रदर्शनकारीले बाटो अवरुद्ध गरिराखको ढुङगामा ठोक्किएर दुर्घटनाग्रस्त हुदा चालक राजेन्द्र खड्का गम्भिर घाईते भएका छन् ।बन्दका कारण पूर्व पश्चिम भएर चल्ने कुनैपनि लामो दुरीका सवारी साधन चल्न सकेका छैनन ।उता लगातार बन्दका कारण सातौ दिन आज पनि नवलपरासीको जनजिवन प्रभावित वन्न पुग्यो ।बन्दले झन भन्दा झन स्थानिय जनजिवन अस्त व्यस्त भन्दै गएकोछ । बजार बन्दका कारण दैनिक उपभोग्य सामागि्रको अभाव श्रृजना भएकोछ । सावरि साधन नचलेपछि अति आवश्यक काम भएकाहरुले आन्दोलनकारिको आखां झल्न गैर पत्रकारले पनि पत्रकार र विवाहनै नभएकाहरुले पनि मोटरसाईकलमा शुभ विवाह लेखेर मोटरसाईकल सञ्चालन गरेको पनि पाइएको छ ।बजार नखुलेपछि परासी क्षेत्रका स्थानियवासीहरु दैनिक उपभोग्य सामागि्र खरिदका लागि सिमावर्ति भारतिय वजार ठुठिवारी जान बाधय भएका छन् ।बन्दले चारै क्षेत्रलाई नोक्सानि पुर्याए पनि रिक्सा चालकहरुलाई भने फाईदा पुर्याएको छ। सवारी साधन नपाएर गन्तव्य स्थानमा हिडेका यात्रुसँग रिक्सा चालकहरुले १२ किलो मिटरको वाटोमा २ सय रुपैया समेत लिने गरेकाछन् ।बन्दका कारण नवलपरासीमा रहेका उद्योग कलकारखाना यातायात शैक्षिक संस्था पसल व्यवसाय पुर्णरुपले वन्द भएकाछन् भने राजमार्ग र सहायक वाटो समेत सवारी साधन चल्न सकेका छैनन्। दिन प्रतिदिन जन - जीवन अस्त व्यस्त वन्दै गएपछि वन्द आव्हान कर्ताले कतिखेर वन्द फिर्ता लिन्छन् भन्दै स्थानीय जनता प्रतेक घण्टा रेडियोको समाचारमा केन्द्ति हुदै आएका छन्।विभिन्न स्थानमा होलि पर्वको अवसरमा वन्द फिर्ता लिएको खवर पाएका नवलपरासीका स्थानिय जनता केहि दिनका लागि नवलपरासीमा पनि वन्द फिर्ता हुनेमा समेत आशा गर्न थालेकाछन्।बन्द क्रमश खुकुलो हुने भन्दा झन भन्दा झन कडा हुदै गएकोछ। नवलपरासीको वन्द लाई अझ कडारुपमा संचालन गर्न थारु कल्याणकारिणी सभाले आज संर्घष समिति गठन गरेका छन्। दिन प्रतिदिन वन्द कर्ताहरुले सवारि साधनमा आगजनि र तोडफोडलाई तिव्रता दिएकाछन्। आइतबारमात्र नवलपरासीका विभिन्न स्थानमा गरी चार वटा सवारी साधनमा आगजनि र तोडफोड भएकोछ। वन्दको अवज्ञा गरेर सवारि साधन चलाएको जनाउदै तुलसीनगरमा ना ३ ख ४४८२ नम्बरको ट्रकमा आगजनि गरेकाछन् भने चोरमारामा लु १ ख ५१५७ नम्बरको ट्रक तोडफोड गर्नुका साथै उजैनिमा लु २ प ९६७४ र लु ३ प ४४८४ नम्बरको मोटरसाईकल माथि तोडफोड गरेकाछन्।आन्दोलनलाई शसक्तरुपमा संचालन गर्न आज वसेको थारु कल्याणकारिणी सभाको वैठकले सिताराम चौधरिको अध्यक्षतामा २३ सदस्यित संघर्ष समिति गठन गरेका छन्।उता आव्हानकर्ताले शुक्रबारदेखि सरावल तिलकपुर पंचनगर र मनरी गाउं विकास समितिको कार्यालयमा लगाएको तालाबन्दिका कारण ती गाउं विकास समितिको कामकाज ठप्प भएकाछन्। सरकारी कार्यालयमा समेत सेवाग्रहीको उपस्थिति न्युन रहेको छ।
Sunday, March 8, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment