नेपालले शुक्रबार थाइल्याण्डको जे डब्लुसँग खेल्ने
काठमाडौ फागुन २८ - पाकिस्तानी राष्ट्रिय टिमलाई १-० ले हराउँदै नेपाल रातो प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।समुह बी को अन्तिम खेलमा पाकिस्तानलाई हराएपछि नेपाल रातो ४ अंक बटुल्दै शीर्ष टोलीका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। दशरथ रंगशालाको मैदानमा विपक्षीमाथी निकै हावी रहेको नेपालले ६२ औ मिनेटमा अग्रता लिएको थियो। राजु तामाङको कर्नरमा जुमानु राइले गरेको हेड प्रहार बचाउने प्रयास गर्दा पाकिस्तानी रक्षकसँग डिफ्लेक्ट हुँदै गोल भएको थियो।
नेपाली टिमका लागि बुधबार राइट व्याक विराज महर्जनले प्रेरणादायी प्रदर्शन गरेका थिए। पहिलो हाफमा उनले ओभरल्यापमा गएर करिव आधा दर्जन खतरनाका क्रस गरेपनि स्ट्राइकरद्धय जुमानु र अनिल गुरुङले तिनलाई उपयोग गर्न सकेनन। प्रशिक्षका योगम्बर सुवालले बुधबार राइट विङ्समा नविन न्यौपानेको ठाउमा विषन गौचनलाई पहिलो रोजाइमा खेलाएका थिए। यही खेलमार्फत स्टार स्ट्राइकर निराजन रायामाझीलाई दोस्रो हाफमा विषनको ठाउमा मैदान छिराइएको थियो। अग्रता लिनेवित्तिकै नेपाल एकपटक खतरानजिक पुगेको थियो। जसलाई गोलकिपर विकाश मल्लले बहादुरीपुर्वक बचाए। विपक्षी कप्तान इशा खानले प्रहार गरेको कडा बल विकाशले मुस्किलका साथ बचाएका थिए। अघिल्लो खेलमा नेपाल रातोले बंगलादेशको आरामबाग क्लबसंग १-१ को बराबरी खेलेको थियो। पाकिस्तानले पनि पहिलो खेलमा आरामबागसंग त्यही अन्तरको बराबरी खेलेको थियो। बुधबारको नतिजापछि नेपाल विजेताका रुपमा अन्तिम चार प्रवेश गर्दा २ अंक बटुलेको आरामबाग उपविजेता बन्दै अगाडी बढ्यो। १ अंकमै सिमित पाकिस्तान प्रतियोगिताबाट बाहिरियो। सेमिफाइनलमा नेपालले समुह ए को उपविजेता थाइल्यान्डको जेडव्लु क्लबसंग शुक्रबार खेल्नेछ। आरामबागले श्रीलंकाको राष्ट्रिय टिमसँग बिहीबार पहिलो सेमिफाइनल खेल्नेछ।
Wednesday, March 11, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment