Friday, April 10, 2009

महाफटाहाले बाँदरे प्रवृत्ति देखाएर संसद चल्न दिएनन् : भट्टराई

  1. टोपी लगाएको राजतन्त्र होस् वा श्रीपेच लगाएको राजतन्त्र अब फर्किएर आउँदैन
    जनयुद्धले गाउँका जालीफटाहा रुपान्तरित भए
    शहरका महाफटाहाले वितण्डा मच्चाउँदै संसद अवरुद्ध गरे
    शहरका महाफटाहाले बाँदरे प्रवृत्ति देखाइरहेका छन्
    अरु दलले राज्य पुनर्स‌रचनाको खाका प्रस्तुत गर्न सकेनन्
    राज्य पुनर्स‌रचना गर्दा भूगोल र आर्थिक सवलतालाई ध्यान दिनुपर्छ









एकीकृत नेकपा माओवादीका नेता तथा अर्थमन्त्री बाबुराम भट्टराईले स‌सद अवरुद्द गरेकामा का‌ग्रेस र एमालेलाई महाफटाहाको स‌ज्ञा दिएका छन्। उनीहरुले बाँदरे प्रवृत्ति देखाएको आरोप पनि उनले लगाए। माओवादीको १० वर्षे जनयुद्धको समयमा गाउँका जाली फटाहा रुपान्तरित भए पनि शहरका महाफटाहा नसुध्रिएको दाबी उनले गरे। ´दश वर्षको जनयुद्धमा गाउँका जाली फटाहा रुपान्तरित भए तर शहरका महाफटाहा सानातिना कुरामा वितण्डा मच्चाउँदै संसद अवरुद्ध गरेर बाँदरे प्रवृत्ति देखाइरहेका छन्´, नेता भट्टराईले अन्य राजनीतिक दलका नेताहरुप्रति संकेत गर्दै भने- यो सुखद् पक्ष होइन।बुटवलमा हत्या गरिएका एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्यारालाई पक्राउ नगरेकामा एमालेले र विगतका प्रतिबद्धता लगायतका कुरा कार्यान्वयन नभएको भन्दै काग्रेसले संसद बहिष्कार गर्दै आएका छन्। एमाले सत्ता साझेदार र काग्रेस प्रमुख विपक्षी दल हो।नेपालमा आफूले पनि नबनाउने र अरुलाई पनि बनाउन नदिने बाँदरे प्रवृत्ति देखिएको उनले बताए। कांग्रेस र एमालेको व्यवहारलाई माओवादी नेता भट्टराईले महाफटाहा र बाँदरे प्रवृत्तिको संज्ञा दिएका हुन्।उनले राजतन्त्र फर्केर नआउने पनि बताएका छन्। ´टोपी लगाएको राजतन्त्र होस् वा श्रीपेच लगाएको राजतन्त्र अब फर्किएर आउँदैन´, नेपाल इन्जिनियरिङ पूर्वाधार विकास समाजद्वारा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता भट्टराईले भने- यदि आए पनि त्यो नेपाली जनतालाई सह्य हुँदैन। राज्य पुनस्रंरचनाको कुरा गर्दा जातिवादी ढंगले धेरै व्याख्या र छलफल हुने गरेको उनको भनाई थियो। ´यसले गर्दा विखण्डनका कुरा पनि उठाउन थालेका छन्´, उनले भने- यो गम्भीर प्रश्न हो।राज्यको पुनर्स‌रचनाको बहस वस्तुवादी ढंगले हुनुपर्ने उनले बताए। ´इन्जिनियरिङ ढंगले व्याख्या गरिनुपर्छु´, नेपाल इन्जिनियरिङ पूर्वाधार विकास समाजको कार्यक्रममा उनले भने- इन्जिनियरिङमा मात्र वस्तुवादी र वैज्ञानिक विश्लेषण हुन्छ। अरु क्षेत्रमा भावनात्मक कुरा ज्यादा हुन्छ।अन्य कुनै पनि राजनीतिक दलहरुले राज्य पुनर्स‌रचनाको खाका प्रस्तुत गर्न नसकेको नेता भट्टराईले बताए। ´हामीले चाहिँ चुनावअघि नै स्पष्ट खाका प्रस्तुत गरेका हौं´- उनको दावी थियो। राज्यको पुनर्स‌रचना गर्दा भूगोल र आथिक सवलता दुई कुरालाई विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

No comments: