२ जेठ 2009-05-17,Sunday
मन्त्रिपरिषद्द्वारा कामु प्रधानसेनापति नियुक्त कुलबहादुर खड्काले आफू अहिले पनि सोही पदमा बहाल रहेको दाबी गरेका छन् । आफूलाई नियुक्ति-पत्र दिने मन्त्रिपरिषद् र रक्षा मन्त्रालयले अहिलेसम्म त्यसविपरीत कुनै पत्र नपठाएकोले आफ्नो नियुक्ति खारेज नभएको उनको जिकिर छ । नेपाल सरकारको निर्णय खारेज गर्न परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकोले आफू अहिले पनि प्रधानसेनापति रहेको दाबी उनले गरे । नयाँ पत्रिकालाई शनिबार साँझ विशेष अन्तर्वार्ता दिँदै उनले भने, 'सरकारलाई अदालतले अन्तरिम आदेश दिएको छैन, कारण देखाऊ आदेश मात्र दिएको छ,' उनले भने, 'यसरी मैले कामु प्रधानसेनापतिको जिम्मेवारी पाउने मन्त्रिपरिषद्को निर्णय सर्वोच्चले समेत मानेको छ ।'तपाईं अहिले कुन पदमा हुनुहुन्छ ? मलाई नेपाल सरकारले कायममुकायम सेनापतिको पत्र वैशाख २० गते दिएको छ, तर मैले प्रधानसेनापतिको काम गरिरहेको छैन । तत्कालीन सेनापतिलाई कारबाही गरी मलाई कायममुकायम मुकर्रर गरिएको विषयलाई लिएर निषेधाज्ञा (जारी) गरियोस् भनी सर्वोच्च अदालतमा दिइएको रिटमा समेत हाल निषेधाज्ञा गर्नु नपर्ने भनी कारण देखाऊ आदेश नेपाल सरकारलाई दिइएको अवस्थामा मेरो कामु प्रधानसेनापतिको पद मन्त्रिपरिषद्का साथै सर्वोच्च अदालतले समेत मानेको प्रस्ट छ । भनेपछि, कानुनी हिसाबले तपाईं कामु सेनापति हो ? हो, नेपाल सरकारले गरेको निर्णयबाट प्रधानसेनापति पद खाली हुन आएको अवस्थामा म नेपाली सेनाको दोस्रो बरियताको वरिष्ठ रथी भएको नाताले प्रक्रियागत रूपमा कायमुकायम मुकर्रर गरिएको हो ।
भोलि जो कमान्डर वा प्रमुख भए पनि नेपाली सेना एक रही देश र जनताको सेवामा दत्तचित्त रहनेछ, रहिरहेछअफिस गइरहनुभएको छ ? एकदम । एकदम नियमित रूपमा । तपाईंको नयाँ कार्यकक्ष छ ? मेरो पुरानो बलाध्यक्षको कार्यकक्ष छ । अहिलेसम्म त्यसलाई प्रयोग गर्दै आएको छु । तपाइंले कामु सेनापतिका रूपमा कार्यसम्पादन त गर्नुभएको छैन नि, होइन ? सुरु (वैशाख २०) को दिनमा मैले उच्च रथीवृन्दहरू (पिएसओज) लाई नियुक्तिबारे जानकारी गराई छोटकरीमा कसरी अगाडि बढ्ने भन्ने धारणा प्रस्तुत गरेको थिएँ । मैले कार्यभार बुझ्नुभन्दा पहिले नै महामहिम राष्ट्रपतिबाट पुरानो सेनापतिलाई नै व्यक्तिगत पत्रमार्फत सुचारु रहन आदेश आएपछि मैले कार्यभार सम्हाल्न पाइनँ । सो पत्रमा र अन्य कुनै पत्रमार्फत न त मन्त्रिपरिषद्को न त रक्षा मन्त्रालयको पत्रबाट मेरो नियुक्ति बदर भएको छ । तर, कार्यसम्पादन त रुक्मांगत कटवालबाट भइरहेका छन् । उनी उद्घाटन गरिरहेका छन् र तपाईं अनुपस्थित भइरहेको अवस्था छ ...हुन त राष्ट्रपति महोदयबाट आएको पत्रबारे पनि सर्वोच्च अदालतमा रिट परेको छ । र, नेपाल सरकारले गरेको निर्णय पनि अदालतमै विचाराधीन रहेको छ । त्यसैले (यो) राष्ट्रपति, नेपाल सरकार र न्यायालयबीचको त्रिपक्षीय चासो र संवैधानिक समस्या हो जस्तो लाग्छ । त्यसैले मेरो व्यक्तिगत धारणाले केही अर्थ लाग्छ जस्तो लाग्दैन, उहाँले काम गर्न ठीक हो कि होइन भन्नेबारेमा ।तपाईंलाई कायममुकायम बनाएपछि संगठनको प्रतिक्रिया के रह्यो ? सेना अनुशासित, पेसागत संगठन हो । यसमा कमान्डर को हुनुपर्छ भनेर -भन्ने गरी) तलको निकायको कुनै राजनीतिक संगठनजस्तो एक गुट र अर्को गुट भन्ने हुँदैन । प्रक्रियागत रूपमा त्यही संगठनको सुरुको दर्जाबाट सेवा गर्दै आएको व्यक्ति संगठनप्रमुख हुँदा कुनै समस्या हुनुपर्ने कारणै के छ ? अहिले म पनि यसै प्रक्रियाअनुसार दोस्रो बरियताक्रमको हिसाबले कायममुकायम भएको हुँ । त्यसैले यो र त्यो भन्ने प्रतिक्रिया आउने कुरै भएन । र, यसमा म के भन्न चाहन्छु भने सेनामा विभाजनको जुन हल्ला छ, त्यो गलत हो । भोलि जो कमान्डर वा प्रमुख भए पनि नेपाली सेना एक रही देश र जनताको सेवामा दत्तचित्त रहनेछ, रहिरहेछ ।
राष्ट्रपतिले हस्तक्षेप नगरेको भए सेनाभित्रै रक्तपात हुन्थ्यो रे, हो ? कारबाहीको र नियुक्तिको पत्र बुझिसकेपछि करिब ८-१० घन्टासम्म राष्ट्रपति महोदयको चिठ्ठी आएको थिएन । केही हुने थियो भने त्यसैबखत हुन सक्थ्यो होला । हामी नेपाली आर्मीका सबै उच्च अधिकृतहरूको अनुशासन, परिपक्वता र सुझबुझले यस्तो अवस्था आउँदैनथ्यो । र, भविष्यमा पनि आउँदैन भन्ने मलाई विश्वास छ । यति ठूलो संवैधानिक र राजनीतिक विवादको केन्द्रजस्तो हुनुभयो । यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय आयामसमेत देखियो । यति ठूलो विवादको केन्द्र बनिएलाजस्तो लागेको थियो ?प्रधानसेनापति प्रकरणमा म कुनै पात्र होइन । म त प्रधानसेनापतिलाई सरकारले कारबाही गरिसकेपछि कायममुकायम मात्र भएको हुँ । मेरो ठाउँमा जोकोही भएको भए पनि यस्तै हुन्थ्यो जस्तो लाग्छ । म मेरो ओहोदाको हैसियतले यसरी यो प्रकरणमा मुछिन पुगेको छु । यो मेरो चाहना होइन । तपाईंलाई एकथरी विदेशी र स्वदेशी शक्तिकेन्द्रसँग किन जोडिन्छ ?मेरो चरित्रहत्या गर्न एक वृत्तले विभिन्न संस्थासँग जोडेर लाञ्छित गरेको छ । यसैगरी देशभित्रका विभिन्न राजनीतिक दलसँग सम्बन्ध भएको भनी प्रचारप्रसार गरिएको छ । यतिसम्म कि मैले नचाहिँदो सूचना नचाहिने समयमा कसैलाई प्रदान गरेँसम्म भनिएको छ । चरित्रहत्या गर्ने कार्यमा म र मसँग सम्बन्धित व्यक्तिलाई समेत मुछिने गरी कहिले कुनै दैनिक र कहिले कुनै साप्ताहिकमा सुनियोजित ढंगबाट प्रायोजित समाचार आएको छ । र, मलाई यो प्रक्रिया आउँदा दिनमा पनि यसै तरिकाबाट (लाञ्छित) गरिन्छ जस्तो लाग्छ । यसमा राष्ट्रको चौथो अंगको रूपमा कार्यरत पत्रकार मित्रहरूलाई सम्मान गर्दै यी कपोलकल्पित लाञ्छनायुक्त चरित्रहत्या गरिएका समाचारको घोर खण्डन गर्न चाहन्छु । मेरो कुनै पनि मित्रराष्ट्रसँग नराम्रो सम्बन्ध छैन । तपाईं सेनापति भएको भए सेनाको मनोबल गिथ्र्यो रे, हो ? यो पनि एउटा सुनियोजित दुस्प्रचार र चाल हो । मैले नेपाली सेनालाई के गर्थँ, कसरी सञ्चालन गर्ने भन्ने कुरा मेरो पहिलाको कामदक्षता र तरिकाले पुष्टि गर्छ । कटवाललाई हटाइँदै छ भन्ने थाहा थियो ? सञ्चारमाध्यममा प्रचारप्रसार भएको र सेनापति-नेपाल सरकारबीचको चिसो सम्बन्धका कारण मलाई असजिलो भान हुन्थ्यो । त्यस अर्थमा सेनापतिमाथि कारबाही हुनसक्ने सम्भावना देखेको थिएँ । मैले यसबारे तत्कालीन प्रधानसेनापति (कटवाल) सँग विचार पनि राखेको थिएँ । कटवालसँग तपाईंको व्यक्तिगत सम्बन्ध कस्तो थियो ? ०३१ सालदेखिको चिनजान हो हाम्रो । ०२८ सालमा म सेकेन्ड लेफि्टनेन्टका रूपमा तालिममा बेलायत गएँ । त्यहाँबाट फर्केर आएपछि ०३१ सालमा सैनिक मुख्यालयतिर भेट भएको हो । त्यतिखेर उहाँ क्याप्टेन र म सेकेन्ड लेफि्टनेन्ट थिएँ । त्यसपछि मैले उहाँलाई जहिले पनि आदरसाथ हेर्दै आएको छु । म अहिले पनि उहाँलाई सम्मान गर्छु ।
कामु बनाएपछि के संवाद भयो, कटवालसँग ? त्यसपछि खुलेर खासै संवाद भएको छैन । गार्ड चेन्ज भयो, स्पष्टीकरण सोधियो रे हो ?दुवै होइन ।विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो ? म अस्कल पढेँ । म कहिल्यै राजनीतिमा लागिनँ । यो च्याप्टर कहाँ गएर टुंगिन्छ भन्ने लागेको छ ? नयाँ सरकार बनिसकेपछि सबैभन्दा पहिला गर्ने काममध्येमा यो विवादलाई समाधान गर्नुपर्छ । नेपाल सरकारको साथसाथै उच्च राजनीतिक नेताहरूसहित यसबारेमा संलग्न भई उचित तवरबाट समयमा नै यसको छिनोफानो हुनुपर्छ जस्तो लाग्छ ।
नेपाल सरकारको साथसाथै उच्च राजनीतिक नेताहरूसहित यसबारेमा संलग्न भई उचित तवरबाट समयमा नै यसको छिनोफानो हुनुपर्छसेनालाई राष्ट्रपतिको आदेश पालना गर्यो, प्रधानमन्त्रीको पालना गरेनजस्तो देखिएन र ? मैले यसलाई संवैधानिक र कानुनी तवरबाट शान्तिपूर्ण ढंगबाट निष्कर्षमा जाओस् भन्ने हिसाबले सोचेको छु । जब विवाद निस्कियो र देशको सरकारले नै राजीनामा दिने अवस्था आयो, त्यो अवस्थामा मेरो विवेकले यसलाई निजी पद र प्रतिष्ठाको विषय नबनाएर संवैधानिक प्रक्रियाबाट नै सुल्झियोस्, देशमा कुनै अनिष्ट नहोस्, शान्ति-प्रक्रिया टुंगोमा पुगोस् र नयाँ संविधानमा समेत यस्ता विषयहरूले स्पष्टता पाऊन् भनी अलि माथि उठेर कुनै झमेला नगरेको ।त्यो प्रकरणमा तपाईंको सबैभन्दा ठूलो त्याग छ, त्यसो भए ? त्यागभन्दा पनि म नचाहँदानचाहँदै संलग्न हुनुपर्यो । र, मैले यसबाट उपलब्धिभन्दा क्षति अथवा त्याग भन्ने कि ? २० वैशाखमै, जब तपाईंले सरकारको पत्र पाउनुभयो, तत्कालै कार्यभार किन सम्हाल्नुभएन ? पत्रमा आजकै मितिबाट भनिएको हुनाले र राति १२ बजे भन्ने बुझिनाले मैले १२ बजेसम्म कार्यभार सम्हाल्न मिल्दैनथ्यो । महामहिम राष्ट्रपतिले १२ बजेभन्दा अघि नै पत्र दिनुको कारण पनि यही हो भन्ने लाग्छ । राष्ट्रपतिले निर्णय उल्ट्याउन सक्छन् भन्ने कतिखेर थाहा भयो ? विभिन्न राजनीतिक दलका नेताहरूको चहलपहल र मलाई आएका केही सूचनाहरूका आधारमा केही हुँदै छ जस्तो लागेको थियो । तर, कुन रूपमा, कस्तो भन्ने थाहा थिएन । राष्ट्रपतिले यदि स्टेप नचालेको भए कारबाहीमा परेको सेनापतिबाट केही प्रतिक्रिया हुन्थ्यो रे, हो ? मलाई त्यस्तो लाग्दैन । सेनामा यो खालको अन्योल कहिल्यै आएको थियो ? विभिन खालका प्रकरणहरू भएको इतिहास सुन्नमा आएको हो । जब नेपाली सेना २००९ सालदेखि आधुनिकीकरण भई अन्तर्राष्ट्रियस्तरको संगठनात्मक संरचनामा गयो, त्यसपछि नेपालमा यस्तो भएको मलाई ज्ञान छैन । अन्य देशका सेनामा विभिन्न तहमा यस्तो देखिन्छ । गत सातामात्रै अफगानिस्तानमा खटिएका अमेरिकन आर्मीका जर्नेललाई पनि रक्षामन्त्रीले बर्खास्त गरेका छन् । सेना र राजनीतिको दिशाबीच ट्युनिङ नमिलेको हो ? यसलाई म केही मिसअन्डरस्ट्यान्डिङ भनेर भन्छु । हुन त यो प्रश्नमा पनि ठूलो सार छ । कस्तो सार ? ट्युनिङ नमिलेको भन्ने शब्द ठीक हो कि !कामु नहुँदा र भएपछि के फरक छ ? कहिलेकाहीँ मलाई निगरानी गरिएको हो जस्तो लाग्छ । यसमा म बढी संवेदनशील भएको छु । कस्तो निगरानी ? मेरा गतिविधि, मलाई भेट्न आउने सहपाठी, नातेदार र इष्टमित्रदेखि लिएर मेरो परिवारले समेत यस्तै महसुस गरेको पाएको छु । कहिलेदेखि ? गत केही दिनदेखि । कसबाट भइराख्या छ यो ? त्यो मलाई थाहा भएन । यो पूरै प्रकरणमा तपाईं विजेता हो कि सहिद ? शिखण्डी कि खेलाडी ? म एक बाध्यात्मक ओहोदाका कारण तानिएको पात्रजस्तो लाग्छ । यसबीचमा निर्णय होला भन्ने लाग्छ ? निर्णय हुनैपर्छ । सेनामा यस्तो अन्योल सकेसम्म छिटो समाधान हुनुपर्छ । अदालतको निर्णय कुर्दा संस्थामा नकारात्मक असर पर्न सक्छ । संस्था कुनै हालतमा बिग्रन हुन्न । व्यक्ति पहिला पनि थिए, पछि पनि आउँछन् । कुनै व्यक्ति ठूलो होइन, संस्था ठूलो हो । सेनाको चेन अफ कमान्डमा अहिले सबैभन्दा माथि को हो ? प्रधानसेनापति । प्रधानसेनापतिचाहिँ को हो ? म निर्णयकर्ता होइन । अब यो सेनाको संगठनभन्दा धेरै माथि, धेरै जटिल विषय भइसक्यो । निर्णय हुन्छ भन्ने विश्वास छ कि छैन ? के हुन्छ, मैले सोच्न सकिरहेको छैन । तपाईंलाई कोर्टमार्शलको धम्की दिइएको छ, हो ? यो पनि प्रचारप्रसार गरिएको छ । कोर्टमार्शल हुनका लागि प्रक्रिया छ । र, सबैभन्दा पहिले केही गल्ती गरेको हुनुपर्यो । के नेपाल सरकारले मलाई कामु प्रधानसेनापति दिएको पत्र नेपाली सेनालाई कमाण्ड गर्न दिएको हो कि कोर्टमार्शलका लागि दिएको हो ? मेरो केही गल्ती छ भने नेपाल सरकारले छानबिन गरी सजाय दिन सक्छ । म त्यसका लागि खुला छु ।

No comments:
Post a Comment