राष्ट्रपति डा। यादवले दिनुभएको वक्तव्यको पूर्ण विवरण
संविधानसभाको निर्वाचनपश्चात संविधान निर्माणको अवधि छोटिँदै गएको र नेपाली सेना र क्यान्टोनेन्टमा रहेका लडाकूको व्यवस्थ्ाापनको लागि सम्मानीय प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिले आफ्नो कार्य पूर्णरुपमा प्रारम्भ गरी नसकेको अवस्थ्ामा शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुग्नु अगावै प्रधानसेनापतिको स्पष्टीकरणसम्बन्धी विषयलाई राजनीतिक दलहरुबीच आपसी सहमति कायम गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने विषयमा मैले बारम्बार जोड दिँदै आएको हुँ ।
२।समयमै संविधान निर्माण गरी शान्ति प्रकि्रयालाई सुखद परिणतिमा पुर् याउने कार्यलाई उच्च प्राथमिकता दिई यस विषयमा सबै पक्षको सकारात्मक भूमिका रहनुपर्ने आवश्यकता तर्पु पनि मैले ध्यानाकर्षण गराएको छु । यसै सन्दर्भमा नेपाल सरकारद्वारा नेपाली सेनाका प्रधानसेनापतिलाई विभिन्न विषयमा स्पष्टीकरण सोधी तत् सम्बन्धी कारबाही अगाडि बढाइएको परिप्रेक्षमा सम्माननीय प्रधानमन्त्रीसँग पटकपटक भएका भेटघाटका अवसरमा शान्ति प्रकि्रया लडाकूहरुको व्यवस्थापन र राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरुको सम्बन्धमा कुनै निष्कर्षमा पुग्नुअघि संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमति जुटाउन मैले सुझाव÷सल्लाह दिएको हुँ र सम्माननीय प्रधानमन्त्रीले मेरो सल्लाहलाई सकारात्मक रुपमा लिई सबैको सहमतिमा मात्र आफूले आवश्यक निर्णय लिने र सो निर्णय लिनुअघि पुनः मसँग छलफल गर्ने विचार व्यक्त गर्नुभएको प्रसङ्ग यहाँ स्मरण गर्दछु । ३।मिति २०६६ वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापतिको स्पष्टीकरणसम्बन्धी विषयमा गरेको निर्णयको जानकारी गराइएको परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को सो निर्णयमा नेकपा एमालेलगायत सरकारमा सहभागी एकीकृत नेकपा माओवादी बाहेकका राजनीतिक दलका मन्त्रीहरुले असहमति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट अलग भइसकेको अवस्था नेपाली काङ्ग्रेस नेकपा एमाले समेत १८ राजनीतिक दलहरुले सरकारको सो निर्णय असंवैधानिक र आफ्ना लागि अमान्यसमेत भएकाले राष्ट्रपतिद्वारा सच्याइ पाउँ भनि अनुरोध गरेको तथा नेपालको अन्तरिम संविधान २०६३ ले राष्ट्रपतिलाई संविधानको संरक्षक र पालक तथा नेपाली सेनाको सर्वोच्च परमाधिपति तोकेको अवस्थालाई दृष्टिगत गरी प्रधानसेनापतिको अवकाश तथा नयाँ नियुक्ति सम्बन्धमा गरिएको मन्त्रिपरिषद्को निर्णयले संवैधानिक र प्रकि्रयागत रुपमा समेत पूर्णता पाइनसकेको स्थितिमा सरकार र मन्त्रिपरिषद्का तत्सम्बन्धी निर्णयलाई संविधानको भावना मर्म र संवैधानिक व्यवस्था अनुकूल बनाउन प्रधानमन्त्रीलाई २०६६ वैशाख २० गते लेखी गएको हुँदा प्रधानसेनापतिको स्पष्टीकरणसम्बन्धी विषयबाट उत्पन्न परिस्थितिले सेनाको सङ्गठन र जनमानसमा देखिएको अन्योल र असहज परिस्थितिलाई तत्काल निकास दिन जरुरी परेकाले प्रधानसेनापतिले मसमक्ष दिएको निवेदन समेतको आधारमा राष्ट्राध्यक्ष तथा नेपाली सेनाको सर्वोच्च परामाधिपतिको हैसियतमा उपयुक्त निकास ननिस्किएसम्म सेनापतिको अवकाश एवम् नियुक्तिसम्बन्धी सबै प्रकि्रयाहरु थाती राखी यथास्थिति कायम राख्नु राष्ट्रिय हितमा अपरिहार्य भएकाले निरन्तरता दिन उपयुक्त ठानेको हुँ । ४।मुलुकमा सङ्क्रमणकालीन असहज परिस्थिति कायमै रहेको अवस्थालाई ह्दयङ्गम गरी सबै नेपाली दिदीबहिनी दाजुभाइहरुले धैर्य र संयम साथ यस्तो परिस्थितिको सामना गर्दै नेपाल सरकार र यसका अन्य अङ्ग तथा सुरक्षा निकायलगायत सबैलाई राष्ट्रिय एकता शान्ति सुरक्षा र अमनचैन कायम गर्न सहयोग पुर् याउन हार्दिक अनुरोध गर्दछु । ५।मुलुकको विद्यमान असहज राजनीतिक परिस्थितिलाई संवैधानिक मान्यताको संरक्षण गर्दै शान्ति प्रकि्रयाको सुखद् अवतरण तथा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण समयमै सम्पन्न गर्न सबै राजनीतिक दलहरुलाई सार्वभौम संविधानसभा÷व्यवस्थापिका-संसदमार्फत सहमति जुटाई निकास दिन सम्बद्ध सबैमा हार्दिक आह्वानसमेत गर्दछु ।
सबै नेपालीको जय होस् धन्यवाद मितिः २०६६ वैशाख २१ गते ।
Monday, May 4, 2009
Subscribe to:
Post Comments (Atom)
1 comment:
यसलाई कु भन्न मिल्ला र ?
Post a Comment