
नेपाली सेनाले आफ्ना सबै कार्यालयमा प्रधानसेनापति रुक्माङ्द कटवालको भनाई लेखी टाँस्न परिपत्र जाहेर गरेको छ। सेनाको केन्द्रीय कार्यालयका तर्फबाट दिइएको निर्देशनमा प्रधानसेनापति कटवालको "नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा शक्ति र सम्पत्ति हो" भन्ने वाक्य सबै सैनिक कार्यालयमा राख्नु पर्ने उल्लेख छ। जंगी अड्डाबाट असार ३० गते जारी गरिएको पत्रमा "ब्यारेक हाता भित्र साइन बोर्ड वा भित्ते लेखन गरी 'नेपाली सेना सम्पूर्ण नेपाली जनताको साझा शक्ति र सम्पत्ति हो' भन्ने वाक्य तल दायाँ कुनामा 'प्रधान सेनापति महारथी श्री रुक्माङ्द कटवाल' भनी लेख्न र लेख्न लगाउन हुन निर्दर्शन अनुसार अनुरोध" भनिएको छ।सेनाका सबै पृतनाहरुमा पठाइएको परिपत्रमा आ-आफ्ना कार्यालय अन्तरगतका सबैलाई समेत यस बिषयमा जानकारी गराउन निर्देशन जारी गरिएको छ। सैनिक जंगी अड्डा कार्यरथी विभागका महासेनानी दीपक कार्कीका तर्फबाट परिपत्र जायर गरिएको हो।अर्को महिना सेवा निवृत हुन लागेका प्रधानसेनापति कटवालले आफ्ना भनाई सबै ब्यारेकमा राख्न निर्देशन दिएका हुन्। यसअगाडि गणका आदर्श वाक्य तथा राजाहरुका भनाई सैनिक ब्यारेक वरपर लेखेर राखिन्थ्यो।ब्यवस्थापिका संसदको आइतबारको बैठकमा माओवादी सभासद् वर्षमान पुनले प्रधानसेनापति कटवालको उक्त कार्यको विरोध गरेका थिए। "सैनिक ब्यारेकमा महानवाणी राख्न लगाएर नयाँ राजा महराजा जन्मिन खोज्दैछन्" पुनले भनेका थिए।
No comments:
Post a Comment