Wednesday, July 22, 2009
'इन्काउन्टर'मा चार नेता मारिए
सशस्त्र संगठनबिरुद्ध सरकारको नयाँ रणनीति ?
साउन ७ - मधेशमा सशस्त्र बिद्रोह गरिरहेका चार नेताको एक साता भित्र 'इन्काउन्टर' मा हत्या भएको जानकारी प्रहरीले प्रकाशमा ल्याएपछि मधेशका सशस्त्र संगठनबिरुद्ध सरकार सुरक्षा कारबाहीमा केन्द्रीत गरेको आभाष भएको छ। प्रहरीले 'इनकाउन्टर' मा मृत्यु भने पनि सशस्त्र समूह त्यसमा सहमत छैनन्। उनीहरुले यसलाई प्रहरीले पक्राउपछि हत्या गरेको आरोप लगाएका छन्। यसरी एकपछि अर्को नेताको मृत्युपछि वार्तामा रहेका सशस्त्र संगठनले युद्धमा फर्किने चेतावनी दिएका छन्।प्रहरी कार्वाहीमा मारिएका सशस्त्र संगठनका चारैजना नेताको प्रभाव मध्यपूर्वी मधेशको सप्तरीदेखि पर्सासम्म थियो। प्रहरी कार्वाहीमा मंगलवार धनुषामा मारिएका अभिनास मुक्ति, गणेश साह र सोमवार सिराहामा मारिएका परशुराम यादव वार्तारत सशस्त्र संगठन क्रमशः जनतान्त्रिक तराई मुक्ति मोर्चा, राजन मुक्तिका धनुषा इन्चार्ज र मधेशी मुक्ति टाइगस्ररमणका सिराहा इन्चार्ज हुन्। बुधवार विहान प्रहरी कार्वाहीमा जनकपुरको भमरपुरा चोकमा तराई राष्टि्य मुक्ति सेनाका पूर्वी सैन्य कमाण्डर अकाश त्यागीको मृत्यु भयो।पछिल्लो सरकारसित पहिलो चरणको वार्ता गरेका यी दुबै भूमिगत संगठनलाई समिक्षा बैठकका लागि शान्ति मन्त्रालयले फेरि बोलाउने खवर गरेकै महिना दिनपछि उनीहरु मारिएका हुन्। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) भिष्म प्रसाईले हत्या अपहरण र धम्की दिने व्यक्तिहरुलाई बाँच्ने अधिकार नरहेको बताएकै भोलीपल्ट सिराहामा टाइगर्सका इन्चार्ज यादव प्रहरी कार्वाहीमा मारिएका हुन्। त्यसको अघिल्लो राती मधेश राष्ट्र पार्टी क्रान्तिकारीका संयोजक सन्देश भनिने मनेजर महतो सिराहाकै फतवारामा प्रहरी 'इन्काउन्टर'मा मारिएको प्रहरीले बताएको छ।'इन्काउन्टर'मा मारिएका मनेजर महतोको मोर्चा भूमिगत सशस्त्र संगठन भएपनि हिंसात्मक गतिबीधिमा आइसकेको छैन। वर्ष दिन अगाडी कोशी बाँध फुटेपछि मधेशका ९ वटा सशस्त्र संगठन मिलेर महतोको संयोजकत्वमा संगठनको निर्माण गरेको थिए।"साथीहरुको हत्याले हामीलाई निकै आक्रोसित र दुखित बनाएको छ," वार्तारत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले टेलिफोनमा नागरिकसित भने - "अव वार्ता हैन् युद्धको बिगुल फुकिनेछ।" मोर्चाका धनुषा इन्चार्ज अभिनासलाई सशस्त्र प्रहरीले मारेको राजनको आरोप छ । "सशस्त्र प्रहरीले बदला लिएका हुन्" राजनले भने। गत मंसिरको अन्तिम साता राजनको मोर्चाले जनकपुरको महावीर चोकमा एकजना सशस्त्र प्रहरीलाई गोली हानी हत्या गरेका थिए।यसै साता पूर्वाञ्चलको भ्रमणमा रहेका शान्ति मन्त्री रकम चेम्जोङले अपराधि समूहसित सरकारले वार्ता नगर्ने बताइरहेकै बेला मध्यपूर्वी मधेशमा सकि्रय सशस्त्र संगठनका उपल्ला नेताहरु 'इनकाउन्टर'मा मारिएका हुन् । यस अवधिमा हतियारसहित प्रहरीले पूर्वमा १० जनालाई पक्राउ पनि गरेको बताएको छ। "महिना दिनभित्रमा शान्ति सुरक्षामा सुधार आउनेछ," पूर्व क्षेत्रका डिआईजी प्रसाईले भने - "हिंसात्मक घटना धेरै हुने सिराहा, सप्तरी र पूर्वी पहाडी जिल्लामा सुरक्षाकर्मी नयाँ रणनीति अपनाएका छन्।"डिआईजी प्रसाईले नयाँ रणनीति के हो भन्ने विषयमा भने प्रष्ट पारेनन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment