Saturday, March 14, 2009

सरकार र थारुबीच छबुँदे सहमति,

संविधान, ए‍ेन कानुनमा मधेससँगै तराई शब्द राखिने
सबै सरकारी सेवालाई समावेशी गराउन ल्याइएको अध्यादेशलाई परिमार्जन गरिने
आन्दोलनका सम्पूर्ण विरोध कार्यक्रम फिर्ता
मृत्यु भएका चार जना शहीद घोषणा
घाइतेको उपचार र भएका क्षति सरकारले बेहोर्ने
पक्राउ गरिएका थारु कार्यकर्ता तुरुन्त रिहा गरिने
संविधानबाट मधेश शब्द कुनै पनि हालतमा हटाउन दिदैनौं´ : फोरम

काठमाडौं चैत १
सत्तारुढ पाँच दल, प्रमुख विपक्षी नेपाली कांग्रेस र विपक्षी तराई मधेश लोकतान्त्रक पार्टीको सहभागितामा सरकार र विगत १३ दिनदेखि आन्दोलनरत थारु समुदाय भएको वार्तामा शनिबार राति ६ बुँदे सहमति भएको छ।
सहमतिको पहिलो बुँदामा थारु, जनजातिसहितका विभिन्न समुदायको आत्मसम्मान र विशिष्ट स्वतन्त्र पहिचाहनलाई सम्मान गर्दै संविधान तथा ऐन, कानुनमा त्यस अनुसार परिवर्तन गर्ने उल्लेख छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्नदेखि रातिसम्म भएको वार्तामा हालै जारी भएका अध्यादेशमा संशोधन गर्न पनि सरकार सहमत भएको छ। तराईमा बस्ने विभिन्न जनजातिलाई सरकारी सेवामा प्रवेशमा दिइएको विशेष सुविधा यसअगाडि मधेशी कोटाबाट मात्र लिनुपर्नेमा अब त्यसमा संशोधन हुने भएको छ। यस्तो सेवामा अन्य जातजातिलाई पनि समावेशी रुपमा प्रवेश गर्न मिल्ने गरी अध्यादेश संशोधन गर्न सरकार सहमत भएको छ।
सहमतिमा जारी आन्दोलन फिर्ता लिने, आन्दोलनका क्रममा मारिएका चार जनालाई शहीद घोषणा गर्ने तथा घाइतेको उपचार, जनधनको क्षतिमा राहत र पक्राउ गरिएका सबैलाई रिहा गर्ने बुँदा पनि उल्लेख छन्।
थरुहट संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारु, थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखी, नेपाल लोकतान्त्रिक थारु संघका बाबुराम चौधरी, थारु राष्ट्रिय मुक्ति मोर्चाका इन्द्रजीत चौधरी र जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा तथा सरकारका तर्फबाट शान्ति मन्त्री जनार्दन शर्माले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिपत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यो सहमतिबाट थारुसहित नेपालका सबै जातजाति र आदिवासीको भावनालाई कदर गरिएको बताए ।
संघर्षरत थारु समुदायका प्रतिनिधिले सहमति प्रति खुशी व्यक्त गर्दै सरकारबाट व्यक्त प्रतिवद्धता पुरा हुनुपर्ने बताए। संघर्ष समितिका अध्यक्ष थारुले संविधान, ए‍ेन, कानूनमा सहमति अनुसार तराई शव्द राखिने विश्वास व्यक्त गरे।
वार्ताको सिलसिला
माओवादीद्धारा थारु समस्याबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान
सरकार र थारु प्रतिनिधीबीचको शुक्रवार साँझको वार्ता पनि विना निष्कर्ष टुंगियो
थारु आन्दोलन मधेशीको अधिकार खोस्ने षडयन्त्र : फोरम
सरकार र थारुबीच विहिवार किन वार्ता हुन सकेन
थारु माग सम्बन्धमा माओवादी-एमाले छलफल
हामीबीच अन्तरविरोध छैन : लक्ष्मण थारु
मुश्लिमद्धारा आन्दोलनका कार्यक्रम घोषणा
सरकार र थारुबीचको वार्ता दोस्रो दिन पनि निष्कर्षविहीन
वार्ता विनानिष्कर्ष टुंगियो
संविधानमा तराई-मधेश शब्द थपेर थारु समुदायको मागलाई सम्बोधन गर्ने सहमति
यसअघि सत्ता साझेदार पाँच दल, प्रमुख प्रतिपक्षी नेपाली काग्रेस र विपक्षी तराई मधेश लोकतानित्रक पार्टीबीच नेपालको अन्तरिम संविधानमा तराई-मधेश वा मधेश-तराई शब्द थपेर थारु समुदायको मागलाई सम्बोधन गर्ने सहमति भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउसो भएको सात दलको बैठकमा यस्तो सहमति भएको थियो। ´मधेशी र थारु समुदाय दुवै पक्षको संवेदनशीलतालाई हेरेर तराई-मधेश वा मधेश-तराई शब्द लेख्ने विषयमा सात दलबीच सहमति भएको छ´ वार्तामा सहभागी कांग्रेस नेता अर्जुननररिसंह केसीले भनेका थिए। त्यसमा सत्तारुढ मधेशी जनअधिकार फोरम र नेपाल सद्भावना पार्टीले आफनो केही ´रिजर्भेसन´ भएको बताएका छन्।
´फोरम र सद्भावनाले मधेशको पहिचानलाई चुनौती हुने गरी कुनै निर्णय भए आन्दोलन गर्ने भनेका छन्´ काग्रेस नेता कॆसीले भने ´तर तराई-मधेश हुँदा सकारात्मक रुपमा लिन सक्छौ भनेका छन्।´
फोरमका सहअध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले सात दलले प्रधानमन्त्रीलाई थारुको समस्या सम्बोधन गर्न आग्रह गरे पनि मधेशको सट्टा अरु शब्दावली राख्ने कुरा आफूहरुलाई मान्य नभएको बताए। ´संविधानमा मधेश शब्द मधेश आन्दोलनले स्थापित गरेको हो´ उनले भने ´यो शब्द हटाउन कुनै पनि हालतमा दिदैनौं।´समावेशीसम्बन्धी अध्यादेश फिर्ता लिने कुरा पनि आफूहरुलाई मान्य नभएको उनले बताए। ´बरु त्यसमा संशोधन गर्न सकिएला´ उनले भने ´तर फिर्ता लिने कुरा सम्भव छैन।´मुलुकमा जटिल परिस्थिती उत्पन्न भएकाले फोरमले आफना सभासदहरुलाई जनमत संकलन अभियान छाडेर काठमाडौं फर्किन निर्देशन दिएको पनि उनले बताए। ´हाम्रा सभासदलाई फिर्ता बोलाएपछि संविधान निर्माण प्रक्रियामा हाम्रो सहभागिता रहेको हुने छैन´ उनले भने। केसीका अनुसार बैठकमा तमलोपा र सद्भावनाले चाहिँ एउटा समुदायको सम्मान गर्दा अर्को समुदायको अपमान गर्न नहुने कुरा अघि सारेका थिए। बैठकमा एकीकृत नेकपा माओवादीबाट प्रधानमन्त्री दाहाल, अर्थमन्त्री बाबुराम भट्टराई र शान्ति तथा पुनर्निर्माणमन्त्री शर्मा थिए। काग्रेसबाट केसी र अर्का नेता प्रकाशशरण महत थिए भने एमालेबाट अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र सचिव तथा जलस्रोत मन्त्री विष्णु पौडेल सहभागी थिए। मधेशी जनअधिकार फोरमबाट गुप्ता र सभासद् तिलक रावल तमलोपाबाट उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्भावनाबाट अध्यक्ष राजेन्द्र महतो र महामन्त्री अनिल झा र नेकपा संयुक्तबाट विज्ञान तथा प्रविधि मन्त्री गणेश साह सहभागी थिए।
यसअघि आन्दोलनरत थारु समुदायले आफनो मागलाई सम्बोधन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं वार्तामा बस्न तयार भएमात्र वार्ता गर्ने बताएका थिए। राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी संयुक्त थरुहट संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारुले भनेका थिए- ´हाम्रो माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री दाहाल नै बस्छन् भने मात्र वार्ता हुन्छ।´
उनले अधिकारविहीन सरकारी वार्ता टोलीका संयोजक तथा शान्तिमन्त्री जनार्दन शर्मासँग वार्ता नगर्ने बताएका थिए। ´एउटा शब्द परिवर्तन गर्न पनि दसपटक सोध्नुपर्ने अधिकारविहीन मन्त्रीसँग वार्ता गरेर के गर्ने ?´ उनको प्रश्न थियो। थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले सरकार आफनो मागप्रति संवेदनशील नभएको गुनासो गरेका थिए। ´सरकार हाम्रो मागप्रति संवेदनशील छैन´ लेखीले भने ´हामी चिया खानमात्र वार्तामा जाँदैनौं।´
सरकार संवेदनशील नभएकै कारण आफूहरुले तत्कालका लागि वार्ता स्थगित गरेको पनि उनले बताएका थिए। सरकार आफनो माग सम्बोधन गर्न तयार भएमात्र आफूहरु वार्तामा बस्ने थारु नेताहरुले बताएका थिए।
थारु नेताहरुले शनिबारको वार्ताबाट निकास नदिए चैत २ गते उपत्यका र मधेश बन्द गर्ने जानकारी पनि उनीहरुले दिएका थिए। ´त्यसपछि आन्दोलनका थप सशक्त कार्यक्रम ल्याउँछौं´ सभाका महामन्त्री लेखीले भनेका थिए। उनीहरुले आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको उपचारलगायत क्षतिपूर्तिको ब्यवस्था हुनुपर्ने कुरा वार्ताक लागि पूर्व शर्तका रुपमा अघि सारेका छन्।
संविधान संशोधन गर्दा यसअघि गरेका त्रुटि सच्याउँदै मधेशको सट्टा तराई शब्द उल्लेख हुनुपर्ने उनीहरुको माग थियो। जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्थामा प्रतिवद्धता ब्यक्त गर्नुपर्ने र त्यसलाई पछि कार्यान्वयन गर्ने शर्तमा तत्कालका लागि यो मुद्दा फिर्ता लिन सक्ने थारु नेताहरुले बताएका थिए। संविधान संशोधनमा तराई शब्द राखे मधेशी समुदायले आन्दोलन गर्ने भनेका छन् नि भन्ने संवाददाताहरुको प्रश्नमा सभाका महामन्त्री लेखीले भने ´तराई भूगोल हो, मधेश भूगोल होइन। तराईभित्र नै मधेशी, जनजाति, थारु सबै छन्।´ तराईमा मधेशी पछि आएका आगन्तुक भएकाले उनीहरुले आन्दोलन गर्नुको कुनै तुक नभएको दाबीसमेत उनले गरेका थिए।

कमजोर सुरुआत गतिलो अन्त


राकेशको नेतृत्वमा पहिलो उपाधि
म एकदमै खुशी छु : श्रीलंकाली प्रशिक्षक

काठमाडौं, चैत १- प्रधानमन्त्री कपमा नेपालका दुवै टोलीको सुरुआत हेर्दा फाइनलसम्म पुग्ने छाँट थिएन। दशरथ रंगशालाको फाइनलमा दुई विदेशी टोलीले खेल्ने संकेत समूह चरणले देखायो। त्यहीअनुरुप नेपाल नीलो समूह चरणबाटै बाहिरियो। नेपाल रातोले संघर्षमय पारामा सेमिफाइनलमा स्थान बनाउँदै घरेलु समर्थकको ध्यान आफूतिर तान्यो। पहिलो खेलमा बंगलादेशको आरामबाग कि्ररा संघसँग १-१ को बराबरीमा रोकिएपछि रातोलाई दोस्रो खेल जित्ने बाध्यता बन्यो। पाकिस्तानी राष्ट्रिय टोलीलाई मुस्किलले हराएर नेपाल रातो सेमिफाइनल पुगेको थियो। पाकिस्तानविरुद्ध जुमानु राइले हुलमुलमा गरेको एकमात्र गोल नेपाल रातोको लागि प्रतियोगितामा अगाडि बढन सिाजवनी बनेको थियो। नेपाल रातोको यात्राले प्रतियोगितामा दर्शकको आशा थप्दै लग्यो। हिजो शुक्रबार मात्र थाइल्यान्डको जे डब्लुविरुद्ध सेमिफाइनल रातोका लागि फलामको च्यूरासरह थियो। खेलको अन्ततिर पुग्दा अनिल गुरुङ नायक भए र एक मिनेटको अन्तरमा दुई गोल गरे। त्यही खेलमा जुमानु र अनिल घाइते हुँदा रातोमाथि दबाब झन् बढ्यो। दुवै स्ट्राइकर घाइते त्यसमाथि २४ घन्टा नबित्दै फाइनल खेल्नुपर्ने बाध्यता। तमाम् बाध्यतालाई छिचोल्दै मैदान उत्रेको रातोलाई शनिबार भाग्यले साथ दियो। अघिल्लो दिनको थकाई मेट्न नपाउँदै रातोका खेलाडी फाइनलमा दुई घण्टा खटिए। निर्धारित ९० र थप ३० मिनेट गोलरहित बराबरीमा टुंगियो। त्यसपछि वास्तविक परीक्षा सुरु भयो नेपालका गोलरक्षक विकास मल्ल र श्रीलंकाका एचएम कुमाराको। घरेलु मैदान र २० हजारभन्दा बदी दर्शकको समर्थनका बीच नेपाली टोलीले टाइब्रेकरमा गोल गर्ने मौका पायो। अनिल गुरुङले गोलरक्षकलाई डज दिँदै पहिलो पेनाल्टी गोल गरे। त्यसपछि पालो आयो श्रीलंकन कप्तान चतुरन मधुरंगको। उनले बराबरी गोल गरे। सन्दीप राईले कडा प्रहारबाट गोल गर्दा विपक्षीका कसुन जयसूर्याले विकासलाई डज दिँदै गोल ठोके। राजु तामाङले पनि सजिलै गोल गर्दा नेपालको अग्रता ३-२ बन्यो। त्यसपछि पालो आयो श्रीलंकन इबी चानाको। उनको कडा प्रहार क्रसबार भन्दा माथिबाट बाहिरिएपछि नेपालको विजय आशा बलियो बनेको थियो। नेपाली खेलाडी विराज महर्जनले सजिलै गोल गरेपछि अग्रता४-२ ले फराकिलो बन्यो। त्यसपछि श्रीलंकाको खेल बचाउने जिम्मेवारी साजय प्रदीप कुमाराको काँधमा थियो। उनको पेनाल्टीले पनि चानालाई पछ्याउँदै क्रसबार माथिकै बाटो लागेपछि २० हजार घरेलु समर्थकले रंगशालामा एउटै लयमा ताली बजाए अनि एउटै लयमा स्वर भरे- नेपाल..., नेपाल....।नेपाल रातो ४-२ ले फाइनल जित्दै उपाधि घरमै राख्न सफल भयो। भलादमी कप्तान राकेश श्रेष्ठको नेतृत्वमा नेपालले जितेको यो पहिलो उपाधि हो।विश्व वरीयतामा श्रीलंका १ सय ६४ र नेपाल १ सय ७२औं स्थानमा छन्। लगभग १५ बर्षयता नेपालले फुटबल उपाधि जितेको छ। सन् १९९५ मा नेपालले पाँचौं दक्षिण एसियाली खेलकुद साफ मा स्वर्ण पदक जितेयता कुनै पनि उपाधि जितेको छैन। तथापि यो नेपालको आधिकारिक राष्ट्रिय टिम होइन र यो प्रतियोगिता पनि एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता होइन। उपाधिसँंगै सुरु भयो नेपाली टोली र दर्शकको खुसीयाली। दर्शक प्यारापिटको रेलिङ नाघेर टोलीको खुसीमा सामेल भए। उनीहरुले सुरक्षाकर्मीको बाधालाई वास्ता गरेनन्। दर्शकले लामो समयसम्म आफ्नै ढंगले खुसी मनाए। एकातर्फ प्रहरीको ब्याडबाजामा नाच्नेहरु थिए अर्कातिर नेपाली खेलाडीलाई उचालेर खुसी मनाउँदैमा मस्त थिए। फुटबलप्रेमीको धैर्यता प्रशंसा योग्य थियो। उनीहरु सफलतामा खुसीको कुनै पनि पल चुकाउन चाहँदैन थिए। खेलाडीले पदक लगाएदेखि ट्रफी नउचालुन्जेल समर्थकले टोलीलाई साथ दिइरहे। ´यो हाम्रो प्रतिष्ठासँग गाँसिएको प्रतियोगिता हो। गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री कप उपाधि घरमै राख्न हामी प्रतिबद्ध थियौं´, राकेशले भने- ´लामो समयपछि नेपालको नाममा उपाधि जित्ने जित्ने टिमका हामी सबै सदस्य गौरवान्वित छौं। उनले पछिल्लो तीन बर्षदेखि नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। उनको नेतृत्वमा नेपाल गत बर्ष एएफसी च्यालेन्ज कपको फाइनल चरणमा पुगेको थियो। च्यालेन्ज कपको छनोट सुरु हुन दश दिनअघि पाएको यो सफलताले टोलीको मनोबल बढाएको राकेश बताउँछन्। नेपाल रातोका प्रशिक्षक योगम्बर सुवालले भने-´सफलताका लागि लामो समय कर्नुपर्यो आज हाम्रो भाग्य बलियो रहेछ।´ खेलमा बराबरीको टक्कर रहेको उनले बताए। ´खेल फिप्टी फिप्टी थियो´ -सुवालले भने। श्रीलंकाली प्रशिक्षक सम्पथ परेरा हारमा पनि जीत देख्छन्। ´आठ महिनाअघि मेरो टोली नेपालसँग ३-० ले हारेको थियो उनीहरुको होम ग्राउन्ड भएकाले यसपाली हामीलाई थप दबाब थियो´ उनले भने- ´यस्तो विपक्षीलाई मेरो टोलीले दुई घण्टा रोक्यो म एकदम खुसी छु।´ खेल बराबरीको रहे पनि टाइब्रेकरमा नेपाली टोली भाग्यमानी रहेको उनले बताए। नेपाल भ्रमणको लक्ष्य पुरा भएको उनको ठम्याइ छ। ´अर्को महिना हामी च्यालेन्ज कप खेल्दैछौं´ उनले भने- ´त्यसको तयारीका लागि यो प्रतियोगिता उपलब्धी मुलक रह्यो।´

Thursday, March 12, 2009

केन्द्रीय क्याम्पसमा पनि नेविसंघको वागी

रुपन्देहीका ५ र काभ्रेका १२ क्याम्पसमा नेविसंघ र एमाले अखिलबीच गठबन्धन
नेविसंघबाट केन्द्रीय क्याम्पसमा लामा, वाल्मिकीमा दाहाल र पशुपति क्याम्पसमा वैद्यको मनोनयन
अखिलबाट कीर्तिपुरमा सुब्बा, वाल्मीकिमा खतिवडा र पशुपतिमा राईको मनोनयन
पद्मकन्न्या, ताहाचल, आरआर र मीनभवनमा नेविसंघको विद्रोही प्यानल
त्रिचन्द्र, शंकरदेव र पुल्चोक र वाल्मिकी क्याम्पसमा नेविसंघको विद्रोही प्यानल नै एकभन्दा बढी
आरआर, शंकरदेव, मीनभवन र अस्कलमा अखिलको पनि विद्रोही
चारवटा क्याम्पसमा क्रान्तिकारीले अरु संगठनलाई उम्मेद्वारी दर्ता गर्न नदिएको दाबी
आरआरमा अखिल र क्रान्तिकारीबीच झडप दुई जना घाइते
काठमाडौं, फागुन २९ - आसन्न स्ववियु निर्वाचनका लागि नेविसंघबाट केन्द्रीय क्याम्पस कीर्तिपुरमा अञ्जान लामा, वाल्मीकि क्याम्पसमा अर्जुनबाबु दाहाल र पशुपति क्याम्पस चावहिलमा मनोज वैद्यको प्यानलले मनोनयन दर्ता गराएका छन्।
नेविसंघका अर्का नेता गणेशबहादुर विष्टले नेतृत्व गरेको प्यानलले केन्द्रीय क्याम्पसमा वागी उम्मेदवारी दिएको छ।
एमाले समर्थित अनेरास्ववियुले चाहिँ केन्द्रीय क्याम्पसमा विदुर सुब्बाले नेतृत्व गरेको प्यानल, वाल्मीकिमा नवराज खतिवडाले नेतृत्व गरेको प्यानल र पशुपति क्याम्पसमा जीवन राईले नेतृत्व गरेको प्यानललाई उठाउने निर्णय गरेको छ। सुब्बा, खतिवडा र राईले मनोनयन दर्ता गरिसकेका छन्।
मनोनयन दर्ताका क्रममा रत्‍नराज्य लक्ष्मी क्याम्पसमा अखिल र क्रान्तिकारीबीच झडप हुँदा दुई जना घाइते भएका अखिलले बताएको छ। घाइते हुनेमा रोवर्ट सम्बाहाम्फे र विशाल राई छन्। क्रान्तिकारीले वाइसीएलका कार्यकर्ता ल्याएपछि झडप भएको र प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको थियो।
साँझ अबेलासम्म अखिल, क्रान्तिकारीका दुई पक्ष र क्याम्पस प्रशासनबीच यस सम्बन्धमा वार्ता भएको छ।
यसअघि नेविसंघले त्रिचन्द्रमा विनयराज भट्ट, पद्मकन्न्या क्याम्पसमा स्वस्तिका पोखरेल, पाटन क्याम्पसमा कुमार बस्नेत, रत्नराज्यलक्ष्मी क्याम्पसमा शंकर तिवारी, नेपाल कमर्स क्याम्पस मीनभवनमा मनोज कटुवाल, बानेश्वर क्याम्पसमा नारायण श्रेष्ठ, ललितकला क्याम्पसमा कृष्ण कट्टेल, शंकरदेव क्याम्पसमा शुभराम बस्नेतले नेतृत्व गरेको प्यानलले मनोनयन दर्ता गरिसकेका छन्। नेविसंघले ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटारमा सभापति बलदेव थापा रहेको प्यानल उठाउने निर्णय गरेको छ। उक्त क्याम्पसमा शुक्रबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ। पब्लिक युथ क्याम्पसमा लिखितेन्द्र श्रेष्ठ, थापाथली क्याम्पसमा जितेन्द्र श्रेष्ठ, पुल्चोक इन्जिनियरिङमा सरोज कार्की, आयुर्वेद क्याम्पसमा सर्वेन्द्र राय, महाराजगञ्ज क्याम्पसमा मनोज पौडेल, नर्सिङ क्याम्पस महाराजगञ्जमा दीपिका श्रेष्ठ र सानोठिमी क्याम्पसमा ज्ञानबहादुर खड्काले नेतृत्व गरेको प्यानलले पनि नेविसंघबाट मनोनयन दर्ता गरिसकेका छन्। एमाले अखिलबाट चाहिँ त्रिचन्द्रमा पुरुषोत्तम कडरिया, रत्नराज्य क्याम्पसमा राजकुमार राई, नेपाल ल क्याम्पसमा गुणराज आचार्य, वाल्मीकिमा नवराज खतिवडा, शंकरदेवमा रजन केसी, शिक्षा क्याम्पस ताहाचलमा अनिल रिजाल, नेपाल कमर्स क्याम्पसमा विष्णुहरि पाण्डे, बानेश्वर क्याम्पसमा प्रदीप श्रेष्ठ, कोटेश्वर क्याम्पसमा दिनेश घिमिरे, ललितकला क्याम्पसमा लालकाजी लामा, अमृत साइन्स क्याम्पसमा कमल बस्नेत, पब्लिक युथ क्याम्पसमा योगेन्द्र बोगटी, पद्मकन्न्यामा अम्बिका बस्नेतले नेतृत्व गरेको प्यानलले उम्मेद्वारी मनोनयन गरिसकेका छन्।
नेविसंघको पद्मकन्या, ताहाचल, आरआर र मीनभवनमा विद्रोही उम्मेद्वार छन् भने त्रिचन्द्र, शंकरदेव र पुल्चोकमा विद्रोही प्यानल नै एकभन्दा बढी छन् । अखिलको पनि आरआर, शंकरदेव, मीनभवन र अस्कलमा विद्रोही छन्। रामेछापको मन्थली क्याम्पस, रोल्पामा रहेको जलजला र नवनेपाल क्याम्पस र लमजुङको कृषि क्याम्पसमा क्रान्तिकारीले अन्य संगठनहरुलाई उम्मेदारी नै दर्ता गर्न नदिएको अखिलका महासचिव माधव ढुङ्गेलले बताए। काभ्रेमा रहेका १२ वटा क्याम्पसमा भने नेविसंघ र अखिलबीच गठबन्धन भएको छ। ६ वटा क्याम्पसको नेतृत्व गर्न नेविसंघ र बाँकी ६ वटाको नेतृत्व गर्न अखिललाई दिने सहमति भएपछि दुवै संगठन संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेविसंघका उपाध्यक्ष प्रमोदहरि गुरागाईले चाहिँ कुनै संगठनसँग गठबन्धन नबनाइसकेको बताए। अखिलका महासचिव ढुङ्गेलले चाहिँ आफनो संगठनले स्थानीय सम्बन्धका आधारमा अन्य संगठनसँग गठबन्धन गर्ने बताए। ´कसैलाई पनि निषेध गर्ने हाम्रो नीति छैन´- उनले भने।
रुपेन्देहीका पाँचवटै क्याम्पसमा नेविसंघ र एमाले अखिलले अखिल क्रान्तिकारीविरुद्ध संयुक्त प्यानल बनाएर मनोनयन दर्ता गरेका छन्। त्यहाँ तीनवटा क्याम्पसमा नेविसंघलाई सभापति र दुइटा क्याम्पसमा एमाले अखिललाई सभापति दिएर गठबन्धन बनाइएको छ।

बाबुरामकी छोरी राजनीतिमा

काठमाडौं, फागुन २९– संविधानसभाको प्रत्यक्ष चुनाव जितेका मन्त्रीद्वय बाबुराम भट्टराई र हिसिला यमीकी छोरी मानुषीले केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्ववियु चुनावमा बिहीबार उम्मेदवारी दिएकी छिन्। मिनी निर्वाचनका रूपमा चिनिने स्ववियु चुनावमा उनले माओवादी निकट अखिल क्रान्तिकारीका तर्फबाट सचिव पदमा उम्मेदवारी दिएकी हुन्। यसअघि सोही क्याम्पसमा अखिल क्रान्तिकारीको कोषाध्यक्ष रहेकी मानुषीले भाग लिएको यो पहिलो चुनाव हो। उनका बाबु भट्टराई गोरखा २ बाट चुनावमा सबभन्दा बढी मतान्तरले सभासदमा विजयी भएका थिए। यमी काठमाडौं ७ बाट चुनिएकी हुन्। उनी यमी र भट्टराईकी एक्ली छोरी हुन्।
मानुषीक्रान्तिकारीले महासचिव हिमाल शर्माको नेतृत्वमा केन्द्रीय क्याम्पसको स्ववियुमा आफ्नो प्यानल खडा गरेको छ। अन्य संगठनका भने महासचिव तहका कोही नेता स्ववियु चुनावमा होमिएका छैनन्। मानुषी राजनीतिशास्त्र दोस्रो वर्षकी विद्यार्थी हुन्। उनी ७९ दशमलव २ प्रतिशत अंक ल्याएर यस वर्ष सर्वोत्कृष्ट बनेकी थिइन्। संयोग, यसै वर्ष दोस्रो सर्वोत्कृष्ट हुने साजन पौडेल पनि माओवादी प्रवक्ता दिनानाथ शर्माका छोरा हुन्। पारिवारिक वातावरण नै राजनीतिक भएकाले सानै उमेरमा आफूभित्र राजनीतिको चस्का पसेको उनले बताइन्। आमाबाबु नै तात्कालीन सरकारविरोधी आन्दोलनमा संलग्न रहेकाले मानुषीले आफ्नै आँखाले उनीहरूलाई प्रहरीले समातेको देखेकी थिइन्। उनी राजनीतिक कार्यक्रममा पनि संलग्न हुन्थिन्। घरमा आउने नेता र तिनका राजनीतिक कुराकानीले राजनीतिप्रति आकर्षित गरेको उनले बताइन्। ´बाआमा नै राजनीतिमा संलग्न, अनि घरमा पनि नेताहरू आउनुहुन्थ्यो, कार्यक्रममा सहभागी हुन्थें,´ विश्वविद्यालय कीर्तिपुरमा उम्मेदवारी दर्ता गराएपछि मानुषीले दैनिकीसित भनिन्, ´मैले थाहा पाएपछि नै म राजनीतिप्रति अप्रत्यक्ष रूपमा संलग्न रहें।´ मानुषीले थाहा पाउँदा उनका बाबु भूमिगत थिए। १८ माघ २०४२ मा काठमाडौंमा जन्मेकी मानुषीले भनिन्, ´आमा पनि महिला संघमा हुनुहुन्थ्यो। सानैदेखि राजनीतिक सचेतता जाग्दै आयो।´ उनले राजनीतिमा औपचारिक रूपमा साइत गरेको भने सात वर्षमात्र भयो। ११ कक्षामा पढ्दा उनले पार्टी सदस्यता पाएकी थिइन्। त्यसैबेला एकता समाजमा प्रतिबन्ध लागेपछि बनेको नेपाली जनअधिकार सुरक्षा फोरमबाट उनले औपचारिक रूपमा पार्टीको काम थालेकी थिइन्। उनले भारतको दिल्लीस्थित एनडीएमसी नवयुग स्कुल नामक सरकारी स्कुलबाट विज्ञान संकायबाट प्लस टु पास गरेकी हुन्। ६/७ कक्षा पढ्ने बेलादेखि उनले राजनीतिक र शैक्षिक लेख लेख्न थालेको बताइन्। पढ्नलाई भने फिक्सन पनि मन पराउने मानुषीले लेख्न भने ननफिक्सन मन पराउँछिन्। स्ववियू चुनावमा भाग लिन एमाले अखिल र नेवि संघका पदाधिकारीले विद्यार्थी राजनीतिमै वर्षौं बिताए पनि उनलाई भने दुई वर्षमात्र कुर्नुपर्‍यो। आफ्नो संगठनले उठाएको मुद्दाका आधारमा आफूहरूले चुनाव जित्ने उनको दाबी छ। ´राज्यको पुनर्संचनासँग जोडेर स्ववियूको पुनःसंचरना र भ्रष्टाचारमुक्त स्ववियू बनाउने हाम्रो मुख्य एजेण्डा हो,´ मानुषीको कथन थियो, ´जसरी संविधानसभा माओवादीको एजेण्डा थियो र जित्यो पनि। त्यसैगरी राष्ट्रिय एजेण्डा नै शैक्षिक पुनःसंरचना बनेको छ। जो हामीसँग नै जोडिएको छ। फेरि बलिदान र इतिहास पनि हामीसँगै जोडिएको छ।´ उनले आफ्नो प्यानलले नै जित्ने तर्क पेश गर्दै भनिन्, ´अरूलाई त धेरै पटक हेरिसके। परिवर्तन चाहने विद्यार्थीले दिने भोट नै हामीलाई हो।´
आफूले निर्वाह गरेको जिम्मेवारी र क्षमताकै आधारमा क्रान्तिकारीले टिकट दिएको उनको तर्क छ। भट्टराई र यमीको छोरी भनेर चिनिने पहिचान र नाता आफूले मेटाउन चाहेर पनि नसकिने उनले बताइन्। ´मैले बोकेको पहिचान त सधैं रहने छ,´ उनले भनिन्। आफ्ना बाआमा भूमिगत भएपछि लामो समयसम्म भारतमा रहेकी मानुषीले विशेष समितिमा रहेर अंग्रेजी पत्रिका ´द वर्कर´मा सहयोग गरेको बताइन्। ´फरिदाबाद, दिल्लीमा मजदुरहरूसँग रहेर आन्दोलनमा पनि सहभागी भएँ,´ उनले भनिन्। प्लस टु सकेपछि उनले दिल्ली विश्वविद्यालयबाट राजनीतिशास्त्रमा अनर्स गरेकी थिइन्। उनले केही महिनाअघि मात्र चिनियाँ भाषा र संस्कृतिमा चीनमा चार महिने तालिम लिएकी बताइन्। ´नयाँ नेपाल बनाउन स्ववियु पनि नयाँ हुनुपर्छ। त्यसैले हामीले जित्छौं। म ढुक्क छु,´ मानुषीले भनिन्।

नेपालमै महिनाको तलब १५ लाख रुपैयाँ

स्ट्याण्डर्ड चार्टड बैंक नेपालका प्रमुख कार्यकारीको वार्षिक तलब १ करोड ७७ लाख
पृथ्वीबहादुर पाण्डेको १ करोड २८ लाख
सुमन जोशीको ९९ लाख ९० हजार
अशोक राणाको ८७ लाख
अनील शाहको ८० लाख

काठमाडौं फागुन २९
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलव तथा सुविधा कति हुनुपर्ला? मासिक २ लाख, ५ वा १० लाख रुपैयाँ? यति नै हुनुपर्छ भन्ने छैन। नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारीले वार्षिक १ करोड ७७ लाख रुपैयाँसम्म पारिश्रमिक र सुविधा बुझ्छन्। धेरै बैंकका प्रमुखको मासिक न्युनतम् तलब ६ लाख रुपैंयाँभन्दा बढी छ।
यसबाहेक मोटर, घर, सवारीचालक, सुरक्षागार्ड, बगैंचा र भान्छामा काम गर्ने सहयोगीसमेत उनीहरुले पाँउछन्।´दक्ष र विश्वसनीय जनशक्तिको अभाव छ; प्रतिस्पर्धी बजारमा अनुभवीलाई बढी तलव सुविधा दिनु बाध्यता हो´- सिटिजन इन्टरनेशनल बैंकका अध्यक्ष शंकर शर्माले भने।संयुक्त लगानीको स्ट्यान्डर्ड चार्टड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुजीत मुण्डलको तलव सुविधा संभवत नेपालका जागिरेमध्ये सबभन्दा बढी छ। बैंकको आर्थिक वर्ष २०६४/६५ को प्रतिवेदनअनुसार मुण्डलले त्यस वर्ष १ करोड ७७ लाख रुपैयाँ तलव बुझेका छन्। यसबाहेक मोटरलगायतका सुविधा लिएका छन्। सर्वसाधारणलाई समेत सेयर दिएको संयुक्त लगानीको यो बैंक बढी नाफा र लाभांश दिनेमा पर्छ। मुण्डलको तलव सरकारका शाखा अधिकृतको भन्दा ८४ गुणा बढी हो। सरकारले श्रमिकका लागि तोकेको न्युनतम तलवभन्दा यो सुविधा १ सय ५२ गुणा बढी छ। ´लगानीको उच्च प्रतिफल दिने भएकाले बैंकका प्रमुख तथा कर्मचारीलाई बढी तलव दिनुपरेको हो´- खेतान समूहका अध्यक्ष राजेन्द्रकुमार खेतानले भने। अधिकांश व्यावसायिक घरानाको बैंकमा लगानी छ।
पूर्ण नेपाली लगानीको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष तथा कार्यकारी निर्देशक पृथ्वीबहादुर पाण्डे दोस्रो बढी तलव बुझ्ने व्यांकर हुन्। उनको वार्षिक तलव १ करोड २८ लाख रुपैयाँ भएको गत आर्थिक वर्षको प्रतिवेदनमा छ। उनको घरको बिजुली, पानी, टेलिफोन, पत्रपत्रिका र बीमाको रकम पनि बैंकले तिर्छ। चालक, सवारीसाधन र यसको मर्मतसमेत बैंकले तिरेको प्रतिवेदनमा छ। बैंकको मुनाफाका आधारमा पाउने बोनस छुटटै छ।´संचालक समितिले बनाएको पाँच वर्षे योजनाअनुसार काम गरेर देखाउने अनुभवीलाई प्रमुख कार्यकारीका रुपमा छनौट गरिन्छ´- खेतानले दैनिकीसँग भने।
लक्ष्मी बैंकमा खेतान समूहको लगानी छ। बैंकद्वारा आर्थिक वर्ष २०६४/६५ प्रकाशित प्रतिवेदनअनुसार प्रमुख कार्यकारी सुमन जोशीले ९९ लाख ९० हजार तलव बुझेका थिए।बैंकर्स एशोसिएसनका अध्यक्ष तथा बैंक अफ काठमाडौंका प्रबन्ध संचालक राधेश पन्तको मासिक तलव ३ लाख ३४ हजार छ। उनको भत्ता १ लाख ६६ हजार, हरेक संचालक समिति बैठकवापत ८ हजार, भान्छे, बगैंचे, सुरक्षागार्ड, चालक, इन्धनसमेत बैंकले दिएको प्रतिवेदनमा छ। उनीहरुले दशैं खर्चसमेत लाखौं रुपैयाँ पाउने गरेका छन्। बैंकका कतिपय कर्मचारीलाई वार्षिक बिदामा सपरिवार विदेश भ्रमण गर्ने खर्चसमेत दिइएको हुन्छ। घरमा खाना खर्चबाहेक सम्पूर्ण रकम कार्यालयले नै उपलब्ध गराउँछ। सन १९९० पछि सरकारले लिएको आर्थिक उदारीकरण नीतिपछि बैंक तथा वित्तीय संस्थाको संख्या बढ्यो। यससँगै बैंकका प्रमुख कार्यकारीको तलव र सुविधा पनि आकासिएको हो। ´बैंकबीचको तीव्र प्रतिस्पर्धा अझ बढ्दै छ। भर्खरै बैंकहरु स्थापना हुने गरेकाले विश्वसनीय र दक्ष जनशक्ति पाउन ग्राह्रो छ´- शर्माले भने। उनले बैंकका पहिलो र दोस्रो तहमा रहेका व्यक्ति र अन्य कर्मचारीको तलबीचको ठूलो अन्तर अस्वाभाविक भए पनि प्रमुख कार्यकारीको तलवलाई बढी भन्न नसकिने बताए। ´यसको विकल्प छैन तर प्रतिभाशाली नयाँ जनशक्ति बजारमा आइरहेको छ´- उनले भने।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पनि बैंकबाट ८७ लाख तलव र अन्य सुविधा लिन्छन्।
नेविल बैंकका प्रमुख कार्यकारी अनील शाहको वार्षिक तलव ८० लाख छ। उनी अन्य सुविधा पनि पाँउछन्। खेतानले अन्य व्यवसायमा गरेको लगानीको तुलनामा बैंकले बढी प्रतिफल पाइने भएकाले प्रमुख कार्यकारी तथा कर्मचारीको तलवमा धेरै खर्च गर्नुपरेको बताए। ´केन्द्रीय बैंकको निर्देशनप्रति जिम्मेवार हुने, ऋण प्रवाह तथा असुली, कार्यालय संचालन, कार्यक्षेत्र विस्तारलगायतका सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारीमा हुने भएकाले यो तलवलाई अनुपयुक्त भन्न मिल्दैन´- उनले भने।निजी लगानीमा स्थापित बैंकका प्रमुख कार्यकारीको बढ्दो तलव सुविधाको चाप सरकारी लगानीमा संचालित बैंकलाई पनि परेको छ। माओवादी केन्द्रीय सदस्य वामदेव क्षेत्री कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएपछि महाप्रबन्धकको तलव १ लाख २ हजार रुपैयाँ बनाइदिएका छन्। यसअघि महाप्रबन्धकको तलव २८ हजार थियो। सबैजसो बैंकका प्रमुखहरुसँग खाइपाइ आएकोभन्दा डेढ दुई लाख बढी तलवका दुई तीन वटा जागिर प्रस्ताव हुने गरेका हुन्छन्। केही विकास बैंकहरु वाणिज्य बैंकमा स्तरोन्नति हुने र नयाँसमेत खुल्न लागेकाले यो वर्ष बजारमा १० भन्दा बढी प्रमुख कार्यकारी आवश्यक पर्ने सम्बद्ध अधिकारी बताउँछन्।बैंकका प्रमुख कार्यकारीले आम्दानीको साँढे २६ प्रतिशत कर तिर्नुपर्छ। उनीहरुले कर कटाएर पारिश्रमिक लिने गरेका छन्। झन्डै एक दशकअघिदेखि नै बैंकको जागिर निकै आकर्षक मानिन्थ्यो। सरकारले आर्थिक उदारीकरणका क्रममा वित्तीय क्षेत्र खुला गरेपछि संयुक्त लगानीमा सन् १९८४ मा नेपाल अरब बैंक स्थापना भयो। यसपछि बैंकका काम गर्ने आकर्षण बढेको हो। सन् १९९० पछि वित्तीय संस्था खुल्ने क्रम बढ्यो। सँगै बैंक कर्मचारीको तलव पनि निरन्तर बढ्ने गरेको छ।
गत वर्ष बैंक कार्यकारीले लिएका सुविधा (रुपैयाँमा)

स्ट्यान्डर्ड चार्टड बैंक १,७७,६५,९७०
नेपाल इन्भेष्टमेन्ट बैंक १,२८,१०,०००
लक्ष्मी बैंक ९९,९०,०००
सिद्धार्थ बैंक ९४,४५,४८९
हिमालयन बैंक ८७,११,७७९
नबील बैंक ८०,००,०००
एनआइसी बैंक ७८,६१,०००
कुमारी बैंक ६७,७०,०००
बैंक अफ काठमाडौं ६०,००,०००
माछापुच्छ्रे ५९,१२,८००
डेभलपमेन्ट क्रेडिट बैंक ५५,७९,०००
सिटिजन बैंक ५२,१५,५३२

Wednesday, March 11, 2009

नेपाल रातो सेमिफाइनलमा

नेपालले शुक्रबार थाइल्याण्डको जे डब्लुसँग खेल्ने
काठमाडौ फागुन २८ - पाकिस्तानी राष्ट्रिय टिमलाई १-० ले हराउँदै नेपाल रातो प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।समुह बी को अन्तिम खेलमा पाकिस्तानलाई हराएपछि नेपाल रातो ४ अंक बटुल्दै शीर्ष टोलीका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। दशरथ रंगशालाको मैदानमा विपक्षीमाथी निकै हावी रहेको नेपालले ६२ औ मिनेटमा अग्रता लिएको थियो। राजु तामाङको कर्नरमा जुमानु राइले गरेको हेड प्रहार बचाउने प्रयास गर्दा पाकिस्तानी रक्षकसँग डिफ्लेक्ट हुँदै गोल भएको थियो।
नेपाली टिमका लागि बुधबार राइट व्याक विराज महर्जनले प्रेरणादायी प्रदर्शन गरेका थिए। पहिलो हाफमा उनले ओभरल्यापमा गएर करिव आधा दर्जन खतरनाका क्रस गरेपनि स्ट्राइकरद्धय जुमानु र अनिल गुरुङले तिनलाई उपयोग गर्न सकेनन। प्रशिक्षका योगम्बर सुवालले बुधबार राइट विङ्समा नविन न्यौपानेको ठाउमा विषन गौचनलाई पहिलो रोजाइमा खेलाएका थिए। यही खेलमार्फत स्टार स्ट्राइकर निराजन रायामाझीलाई दोस्रो हाफमा विषनको ठाउमा मैदान छिराइएको थियो। अग्रता लिनेवित्तिकै नेपाल एकपटक खतरानजिक पुगेको थियो। जसलाई गोलकिपर विकाश मल्लले बहादुरीपुर्वक बचाए। विपक्षी कप्तान इशा खानले प्रहार गरेको कडा बल विकाशले मुस्किलका साथ बचाएका थिए। अघिल्लो खेलमा नेपाल रातोले बंगलादेशको आरामबाग क्लबसंग १-१ को बराबरी खेलेको थियो। पाकिस्तानले पनि पहिलो खेलमा आरामबागसंग त्यही अन्तरको बराबरी खेलेको थियो। बुधबारको नतिजापछि नेपाल विजेताका रुपमा अन्तिम चार प्रवेश गर्दा २ अंक बटुलेको आरामबाग उपविजेता बन्दै अगाडी बढ्यो। १ अंकमै सिमित पाकिस्तान प्रतियोगिताबाट बाहिरियो। सेमिफाइनलमा नेपालले समुह ए को उपविजेता थाइल्यान्डको जेडव्लु क्लबसंग शुक्रबार खेल्नेछ। आरामबागले श्रीलंकाको राष्ट्रिय टिमसँग बिहीबार पहिलो सेमिफाइनल खेल्नेछ।

डकर्मी पेशाप्रति महिलाहरुको पनि आकर्षण बढ्दै

झलारी, फागुन । पुरुषले मात्र गर्दै आएको डकर्मी पेशाप्रति महिलाहरुको पनि आकर्षण बढ्दै जान थालेको छ । एभरेष्ट तालिम केन्द्र र एफस्कील काठमाडौ नामक संस्थाले यहाँका १२ जना भन्दा बढी महिलाहरुलाई ५५ दिने डकर्मीको तालिम प्रदान गरेपछि उनीहरु दक्ष डकर्मीको दाँजोमा काम गर्न थालेका छन् ।घरको जोडाई इँट्टा ढुङ्गाको संरचना जग लगायतका काम गर्न सिकेपछि महिलाको यो पेशाप्रति आकर्षण बढ्ेको हो । पहिला-पहिला पुरुष मिस्त्रीका लागि मजदुर बनेर काम गर्दै आएकी झलारी ४ नौखरिकी रुक्मीणी चौधरी भन्छिन् - महिलाले आट्यो भने जे काम पनि गर्न सकिने रहेछ । तालिम लिएका यहाँका महिलाहरु आफै घर बनाउने ठेक्का लिएर काम समेत गर्न थालेका छन् । डकर्मी पेशा नै अङ्गालेर महिलाहरुले पनि राम्रो आम्दानी गरिरहेका छन् । डकर्मी पेशामै आवद्व दिपादेवी चौधरीले गतवर्षसम्म अर्काको घरमा किराया तिरेर बस्दै आएपनि अहिले उनले नौखरी गाउँमै आफ्नो जग्गा जमिन जोडी घर निर्माण गरेकी छिन् । उनले रासससंँग पहिला महिला मजदुरलाई हेप्दै मालिकले एकसय रुपैया दैनिक ज्याला दिने गरेको भएपनि अहिले आफै घर बनाउने ठेक्का लिइ दैनिक ४-५ सय पाउने गरेको बताईन । पुरुष मिस्त्रीसंँग काम काम गर्दा असजिलो हुने गरेको भएपनि अहिले मिस्त्री देखि मजदुर सबै महिला नै भएकोले काम गर्न सजिलो भएको ति महिला डकर्मीहरुको भनाई रहेको छ । सिप सिकेको एक बर्षको अवधिमा ति पौरखी महिलाहरुले तीन दर्जन भन्दा बढी निजी घर सार्वजनिक सौचालय विद्यालय बनाईसकेका छन् । जनभावना प्राथमिक विद्यालयका अध्यक्ष भागिराम चौधरीले भने ुविद्यालयको गेट बनाउन महिला डकर्मीहरुलाई ठेक्का दिएका थियौ उनीहरु पुरुष भन्दा लगनशील भएर समय भन्दा अगावै काम गर्न सक्दा रहेछन् ।ु महिला डकर्मीहरुले काम र दाम राम्रो हात पार्न थाले पछि उनीहरु झनै उत्साहित बनेका छन् । उनीहरुलाई घर बनाउने काम भ्याइ नभ्याई छ । छ महिनाका लागि ठेक्का लिईसकेका ति महिलाहरुले अरु डकर्मी भन्दा गुणस्तरीय सेवा दिने भावना राखी काम गर्न थालेकाले कामको चाप बढेको बताए । डकर्मी पेशाले नै चिनजान बढाएकोले पुरुष सरह नै व्यवहार हुने गरेको अनुभव डकर्मी पेशामा आवद्व सेवारानी चौधरीको छ । उनी भन्छीन् ुघर परिवारमा जेठी भएकाले छोरा जस्तै कमाएर ल्याएको देख्दा घरपरिवार खुसी हुने गरेका छन् त्यसै कारणले यस पेशालाई निरन्तरता दिएकी छु । यसै पेशाबाट कमाएको पैसाले दुई जना भाई बहिनीको पढाई खर्च व्यर्होनुको साथै घरपरिवारका लागि खाद्यान्न लत्ताकपडा जुटाई दिँदा घरबाट काम गर्ने प्रोत्साहान पाएको छु ।ु घरको मेलापात र चुलो चौकोमै सिािमत रहने यहाँका महिलाहरुले सजिलैसंँग घरको नक्सा कोर्ने विम बनाउने चिल्याई गर्ने लेन्टर हाल्ने प्लास्टर गर्ने आदि काम गरेको देख्दा अरुलाई पनि घरको काम छाडेर डकर्मी काम गर्ने आर्कषण बढ्ेको छ । दैनिक अन्य मजदुरी भन्दा यस पेशाबाट कमाई पनि राम्रो हुने भएकोले घरपरिवारको खर्च धान्न सजिलो भएको पिपलाडीकी कमला चौधरी बताउँछिन् ।काचनपुर जिल्लामा डकर्मी बनेर निर्माणमा जुटेका सामान्य लेखपढ गर्न जान्ने ति महिला आफुहरु नै पहिलो डकर्मी भएकोमा गर्व समेत गर्दछन् । काचनपुरका झलारी पिपलाडी झै अन्य क्षेत्रका महिलाहरुलाई डकर्मीको सिप सिकाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको एभरेष्ट तालिम तथा अनुसन्धान केन्द्रका राम चौधरी बताउनु हुन्छ । एभरेष्ट तालिम संस्थाले झलारी र पिपलाडीका २६ जना महिलाहरुलाई ५५ दिने तालिम प्रदान गरी स्वावलम्वी बनाएको हो

Monday, March 9, 2009

नेपाल नीलो सेमिफाइनल जान बन्चित

काठमाडौं, फागुन २६—नेपाल नीलो टोली प्रथम प्रधानमन्त्री कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्न सकेन।
श्रीलंका र जे डब्लू थाइल्यान्डबीच सोमबारको खेल गोलरहित बराबरीमा टुंगिएपछि नेपाल नीलोको सेमिफाइनल यात्रा टुंगिएको हो। समूह ए बाट श्रीलंका र थाइ टोली सेमिफाइनल पुगेका छन्।
यसअघि नै सेमिफाइनल पुगिसकेको श्रीलंका समूह विजेता हुँदै सेमिफाइनल पुगेको छ भने थाई टोली उपविजेता बन्यो। सोमबार बराबरी गरेपछि श्रीलंकाले ४ र जे डब्लूले २ अंकका साथ अन्तिम चारमा प्रवेश गरेका हुन्।
श्रीलंकाले नेपाल नीलोलाई ३-२ को नतिजामा हराएको थियो। जे डब्लूले नेपाल नीलोसँग १-१ को बराबरीमा खेलेको थियो।
दशरथ रंगशाला सोमबारको एकदमै निरस रह्यो। दुवैतर्फबाट गतिलो आक्रमणका दृश्यहरु विरलै भए। श्रीलंकाले अगाडिको यात्रा सुरक्षित गरिसकेकाले स्टार खेलाडीहरुलाई आराम दिएको थियो। थाई टोलीले पनि बराबरी गर्ने हैसियतमा प्रदर्शन गर्दा खेलले रोमान्चक मोड निम्याउन सकेन। दर्शकको उपस्थिति पनि न्यून थियो।
आज श्रीलंकाले जे डब्लूलाई १-०, २-१ वा २ गोल अन्तरले हराए मात्र नेपाल नीलोको सेमिफाइनल पुग्ने संभावना हुन्थ्यो।

सरकारी वार्ता आह्वान थारुद्वारा अस्वीकार

आदिबासी जनजाति महासंघ पनि आन्दोलनमा
पूरै देश ठप्प पार्छों : पासाङ शेर्पा
सरकारले अर्को आदिवासी विद्रोह निम्त्यायो : राजकुमार लेखी
मन्त्री गच्छदारलाई सरकार छाडी आन्दोलनमा आउन थारुको आग्रह

काठमाडौं फागुन २ सरकारले गरेको वार्ता आह्वानलाई थारु समुदायले ठाडै अस्वीकार गरेका छन्। उनीहरुले भद्रकालीमा विरोधसभा गरेर आन्दोलनका थप कार्यक्रम सार्वजानिक गरेका छन्।आन्दोलनको कार्यक्रमअनुसार फागुन २९ गते उपत्यकामा मसाल जुलुस र चैत २ गते उपत्यका बन्दको आह्वान गरिएको छ। आदिवासी जनजाति महासंघसमेत आन्दोलनका यी कार्यक्रममा सहभागी भएको छ। विरोधसभालाई सम्बोधन गर्दै आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले सरकारले तराईका आदिवासी जनजातिको माग सुन्छ भनेर आफूहरुले यसअघि आन्दोलनमा नैतिक समर्थनमात्र गरेको बताए। ´तर सरकारले नसुनेपछि पहाड र हिमालका जनजाति समुदायसमेत आन्दोलनमा जान बाध्य भएका छौं´- अध्यक्ष शेर्पाले भने।उनले अब तराईमात्र होइन उपत्यका र नेपाल नै ठप्प पार्ने चेतावनी दिए । ´हामी अब काठमाडौं र पूरा देशभर नै ठप्प पार्छौ´- उनले भने।थारु कल्याणकारिणी सभाका महामन्त्री राजकुमार लेखीले सरकारले तराईका आदिवासी जनजाति मुस्लिम दलित र पिछडिएका वर्गलाई अध्यादेशमार्फत् मधेशी बनाएर मालिकलाई खुशी बनाउने काम गरेको आरोप लगाए। उनले मालिक भनी मित्र राष्ट्र भारतलाई इंगित गरेका थिए।सरकारले वार्ताको आह्वान गर्दा प्रष्ट कुरा नगरेको पनि उनले बताए। ुवार्ताका लागि ठोस कुरा नगरेर सरकारले अर्का आदिवासी विद्रोह निम्त्याएको छु- महामन्त्री लेखीले भने।सरकारले भौतिक योजना मन्त्री विजयकुमार गच्छदारलाई वार्ताको समन्वय गर्ने जिम्मा दिएकोमा थारु समुदायले भने उनलाई सरकार छाडी आफूहरुको आन्दोलनमा आउन आग्रह गरेका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री गच्छदारलाई वार्ताको समन्वय गर्ने जिम्मा दिएको थियो।

Sunday, March 8, 2009

थारु आन्दोलनमा दोस्रो जनआन्दोलनको झल्को

हजारौको जुलुस नारायणगढमा
नवलपरासीका सर्वसाधारण खाधान्न किन्न भारतीय बजारमा

चितवन फागुन २५, थारु कल्याणकारीणी सभाको आव्हानमा चितवनमा भएको थारु आन्दोलनका क्रममा आइतबार नारायणगढमा उत्रिएको हजारौको थारु जुलुसले दोस्रा जनआन्दोलनको झल्को दिएको छ। आन्दोलनको सातौं दिन चितवनका निकट र विकट सबै ठाउँका थारु समुदायले माग पूरा गर्न दबाब दिदैं दिनभर विरोध प्रदर्शन गरे।गाउँ - गाउँबाट निस्केको महिला, पुरुष, बालबालिकासहितको हजारौको संख्यामा विरोध जुलुस नारायाण्गढ बजारमा निस्कीएको थियो। हजारौको संख्यामा पूर्वि चितवन, पश्चिम चितवनका गाउँबाट आएका थारु प्रदर्शनकारीको जुलुसले नारायणगढ बजार परिक्रमा गरी पुल्चोकमा कोणसभा गरे। थारु प्रदशनकारीलेको जुलुसले नारायणगढ बजार पुरै भरिएको थियो।केन्द्रीय तथा जिल्लास्तरका आदिवासी नेताले जातीय पहिचान विरुद्धको निर्णय कदापी आफूलाई अमान्य हुने धाराण कोणसभामा व्यक्त गरे।दिनभर कुनै पनि सवारी साधन नचलेको बजारमा साँझबाट भने सवारी साधन चलेका थिए। थारु समुदायले बन्द भने नखोलिएको बताए। बन्दका क्रममा अन्य सर्वसाधाराणलाई पनि आवत जावतमा कठिनाइ भएको थियो।प्रदर्शनका क्रममा प्रदर्शनकारीले पदमपुरमा ५ वटा मोटरसाइकल तोडफोड र आगजनी गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि भित्रीबाटो भएर गएका ती मोटरसाइकललाई पदमपुर चोकमा बसेका थारु प्रदर्शनकारीले रोकेर तोडफोड र आगजनी गरेका हुन्। बा ३२ प ९४७४, ना १० प ७७६४, ना ६ प ७०७३ सहितको ५ वटा मोटरसाइकल तोडफोड भएको हो । त्यस्तै प्रदर्शनकै क्रममा बैरेनीमा पनि केही मोटरसाइकलमा तोडफोड भएको थियो ।थारु प्रदर्शनकारीले दिनभर भरतपुरकोक्याम्पसचोक आँपटारीनारायणगढको पुल्चोक लायन्सचोक लगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिएपूर्विचितवनमा पनि विरोध प्रदर्शन संगै गाउँगाउाबाट आएका थारुहरुले र्याली र नाराजुलुस निकाल्दै नारायणगढ आएका थिए । रत्ननगरको भानुचोकनिपनीचोकमा अलिे व्याप रुपमा प्रदर्शनकारीले नाराजुलुस सहित प्रदर्शन गरेका थिए । त्यस्तै टाँडीसौराहापसा्र खैरहनीचोक लगायतका स्थानमा पनि थारुहरुले दिउसो प्रदर्शन जारी राखे। पुीर्व चितवनकै खाले सिमलमा बन्दको समर्थनमा कुमाल जातीले यातायात बन्द गराए ।बन्दले जनजिवन अस्तव्यस्त बन्दै गएको बेला साँझ भने नारायणगढमा सर्वसाधाराण्को चहलपहल बढेको थियो । ।पश्चिम चितवनका माडीजगतपुरगीतानगरमेघौली लगायतका क्षेत्रमा पनि प्रदर्शन भएको थियो ।यसैविच थारु महिलाहरुको एकसमुहले गुाजनगर गाविसको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । त्यसैगरि दिव्यनगरमेघौलीको पसा्रढापभगौडी ज्योतीनगर क्षेत्रमा पनि थारुसमुदायले प्रदर्शन गरेका थिए छन् । उता नवलपरासीमा पनि बिहानैबाट बन्दको प्रभाव परेको छ । नवलपरासीको चोरमारामा आज बिहान ४ बजे बन्दको अवज्ञा गरेको भन्दै ट्रक तोडफोड गरिएको छ ।बन्दकर्ताले लु १ ख ५१५७ नम्बरको ट्रकलाई तोडफोड गरेका हुन । यसैविच काठमाण्डौबाट वुटवल जादै गरेको बा २८ प २४४३ नम्बरको मोटरसाईकल प्रदर्शनकारीले बाटो अवरुद्ध गरिराखको ढुङगामा ठोक्किएर दुर्घटनाग्रस्त हुदा चालक राजेन्द्र खड्का गम्भिर घाईते भएका छन् ।बन्दका कारण पूर्व पश्चिम भएर चल्ने कुनैपनि लामो दुरीका सवारी साधन चल्न सकेका छैनन ।उता लगातार बन्दका कारण सातौ दिन आज पनि नवलपरासीको जनजिवन प्रभावित वन्न पुग्यो ।बन्दले झन भन्दा झन स्थानिय जनजिवन अस्त व्यस्त भन्दै गएकोछ । बजार बन्दका कारण दैनिक उपभोग्य सामागि्रको अभाव श्रृजना भएकोछ । सावरि साधन नचलेपछि अति आवश्यक काम भएकाहरुले आन्दोलनकारिको आखां झल्न गैर पत्रकारले पनि पत्रकार र विवाहनै नभएकाहरुले पनि मोटरसाईकलमा शुभ विवाह लेखेर मोटरसाईकल सञ्चालन गरेको पनि पाइएको छ ।बजार नखुलेपछि परासी क्षेत्रका स्थानियवासीहरु दैनिक उपभोग्य सामागि्र खरिदका लागि सिमावर्ति भारतिय वजार ठुठिवारी जान बाधय भएका छन् ।बन्दले चारै क्षेत्रलाई नोक्सानि पुर्याए पनि रिक्सा चालकहरुलाई भने फाईदा पुर्‍याएको छ। सवारी साधन नपाएर गन्तव्य स्थानमा हिडेका यात्रुसँग रिक्सा चालकहरुले १२ किलो मिटरको वाटोमा २ सय रुपैया समेत लिने गरेकाछन् ।बन्दका कारण नवलपरासीमा रहेका उद्योग कलकारखाना यातायात शैक्षिक संस्था पसल व्यवसाय पुर्णरुपले वन्द भएकाछन् भने राजमार्ग र सहायक वाटो समेत सवारी साधन चल्न सकेका छैनन्। दिन प्रतिदिन जन - जीवन अस्त व्यस्त वन्दै गएपछि वन्द आव्हान कर्ताले कतिखेर वन्द फिर्ता लिन्छन् भन्दै स्थानीय जनता प्रतेक घण्टा रेडियोको समाचारमा केन्द्ति हुदै आएका छन्।विभिन्न स्थानमा होलि पर्वको अवसरमा वन्द फिर्ता लिएको खवर पाएका नवलपरासीका स्थानिय जनता केहि दिनका लागि नवलपरासीमा पनि वन्द फिर्ता हुनेमा समेत आशा गर्न थालेकाछन्।बन्द क्रमश खुकुलो हुने भन्दा झन भन्दा झन कडा हुदै गएकोछ। नवलपरासीको वन्द लाई अझ कडारुपमा संचालन गर्न थारु कल्याणकारिणी सभाले आज संर्घष समिति गठन गरेका छन्। दिन प्रतिदिन वन्द कर्ताहरुले सवारि साधनमा आगजनि र तोडफोडलाई तिव्रता दिएकाछन्। आइतबारमात्र नवलपरासीका विभिन्न स्थानमा गरी चार वटा सवारी साधनमा आगजनि र तोडफोड भएकोछ। वन्दको अवज्ञा गरेर सवारि साधन चलाएको जनाउदै तुलसीनगरमा ना ३ ख ४४८२ नम्बरको ट्रकमा आगजनि गरेकाछन् भने चोरमारामा लु १ ख ५१५७ नम्बरको ट्रक तोडफोड गर्नुका साथै उजैनिमा लु २ प ९६७४ र लु ३ प ४४८४ नम्बरको मोटरसाईकल माथि तोडफोड गरेकाछन्।आन्दोलनलाई शसक्तरुपमा संचालन गर्न आज वसेको थारु कल्याणकारिणी सभाको वैठकले सिताराम चौधरिको अध्यक्षतामा २३ सदस्यित संघर्ष समिति गठन गरेका छन्।उता आव्हानकर्ताले शुक्रबारदेखि सरावल तिलकपुर पंचनगर र मनरी गाउं विकास समितिको कार्यालयमा लगाएको तालाबन्दिका कारण ती गाउं विकास समितिको कामकाज ठप्प भएकाछन्। सरकारी कार्यालयमा समेत सेवाग्रहीको उपस्थिति न्युन रहेको छ।

जनआन्दोलन २०६२- ६३ को झ- झल्को




मधेशीकरणको विरोधमा आन्दोलनरत थारु समुदायले आज चितवन सदरमुकाम भरतपुरमा बिसाल जन प्रदर्शन गरेको छ । चितवनका विभिन्न स्थानहरुवाट जुलुस सहित आएका थारु समुदायले टिकौलिबाट निश्कीएको बिशाल जुलुसले नारायणगढ परिकक्रमा गरेको थियो । मधेशीकरणको विरोधमा थारु समुदायको विरोध प्रर्दशनले २०६२- ६३ को जनआन्दोलनको झ- झल्को दिएको थियो ।प्रर्दशनको थारु बिद्यार्थी समाज थारु कल्याणकारिणी सभा आदिबासी जनजाति महासंघआदिबासी जनजाती बिद्यार्थी महासंघ लगायत बिभिन्न संघसंगठनले अगुवाई गरेका थिए । ठुलो संख्यामा जम्मा भएका थारु प्रदर्शनकारीहरुले थारु समुदायलाई मधेशीकरण गरिएको अध्यादेश खारेज गर्न माग गर्दै सरकार विरोधी नारा लगाएका थिए ।