गणतन्त्रको इतिहास रच्दै २०६५ साल हामीबाट विदा भएको छ । जेठ १५ गतेको दिन जब व्यवस्थापिका -संसदबाट गणतन्त्रको घोषणा भयो नेपालबाट दुई सय ४० वर्षदेखिको शाहवंशले चलाएको राजतन्त्र अस्त भयो . विस।२०६५ कै जेठ २९ गते हो जब शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले िसंहासन छोडे ।गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा डा।रामवरण यादव व्यवस्थापिका-संसदको बहुमतबाट निर्वाचित हुनु २०६५ सालको महत्वपूर्ण घटना हो । साउन ६ गते जनताको छोरो राष्ट्र प्रमुखको रुपमा निर्वाचित हुनु नेपालको इतिहासको महत्वपूर्ण पाटो हो । नेपालमा गणतन्त्रलाई संस्थागत गर्न र नयाँ नेपालको संविधान जनताले बनाउन सुरु गरिएको २०६४ सालको संविधानसभाको चुनावको परिणामलाई मूर्तरुप दिन २०६५ सालको वैशाख व्यस्त रह्यो ।वैशाखमा घोषित चुनावको परिणामअनुसार नेकपा माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भयो र नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेसले दोस्रो र नेकपा एमालेले तेस्रो ठूलो दलका रुपमा चित्त बुझाउनुपर् यो । वैशाखमा नेपाल पत्रकार महासङ्घको चुनाव भयो र धर्मेन्द्र झा महासङ्घको नयाँ अध्यक्ष बन्नुभयो ।जेठ ३ गते कोटेश्वरनिवासी व्यापारी रामहरि श्रेष्ठको हत्या जेठ ६ गते राप्ती नदीमा भएको भएको बस दुर्घटनामा २४ जनाको मृत्युजस्ता यस महिनाका प्रमुख घटना हुन् ।प्रथम समावेशी महिला टोलीले यसै महिना सगरमाथाको सफल आरोहण गरेका थिए ।जेठ १० गते सरकारले सूचनाको हक कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा विनयकुमार कसजु एवम् आयुक्तद्वयमा श्री आचार्य र सविता बराललाई नियुक्त गर् यो ।सोही दिन सरकारले स्व।sृष्णसेन ुइच्छुकुलाई रु।दुई लाख राशिको ुराष्ट्रिय पत्रकारिता पुरस्कार २०६४ुद्वारा मरणोपरान्त पुरस्कृत गर्ने निर्णय गर् यो ।असार १ गते नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई डा।डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो ।असार १० गते सात राजनैतिक दलबीच अन्तरिम संविधान संशोधन गर्ने १९ बुँदे सहमति र त्यसअनुसार २९ गते अन्तरिम संविधानको पाँचौं संशोधन व्यवस्थापिका-संसदबाट पारित भयो ।साउन ४ गते नेपालको पहिलो उपराष्ट्रपतिका रुपमा परमानन्द झा निर्वाचित हुनुभएको थियो ।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले साउन ८ गते आफ्नो पदबाट राजिनामा दिनु र सोही दिन संविधानसभाका अध्यक्षमा सुवास नेम्वाङको नियुक्ति हुनु यस महिनाका महत्वपूर्ण घटना हुन् । साउन महिनाको १६ गते दुःखद घटनाका रुपमा बदि्रकेदार यात्राबाट फर्किंदा भारतको उत्तराखण्डमा ३६ जना नेपाली तीर्थयात्रीको मृत्यु भएको थियो ।साउन २० गते माओवादीको नेतृत्वमा सरकार बनाउन माओवादी नेपाली काङ्ग्रेस एमाले र मधेसी जनअधिकार फोरमबीच सहमति भयो ।गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्रीका रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु साउन ३१ गते हुनुभयो र प्रधानमन्त्रीद्वारा भदौ २ गते पद तथा गोपनीयताको सपथ ग्रहण भयो । भदौ ६ गते नौसदस्यीय मन्त्रिपरिषद्को गठन भयो ।भदौ १५ गते नेकपा एमाले सरकारमा सहभागी भयो र २४ सदस्यीय मन्त्री मण्डलको विस्तार भयो ।भदौ २० गते व्यवस्थापिका-संसदको बजेट अधिवेशन सुरु २१ गते हलिया प्रथा उन्मूलनको घोषणा र २९ गते आर्थिक वर्ष ६५÷६६ को सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो । प्रधानमन्त्री प्रचण्ड भदौ ७ गते बेजिङ ओलम्पिकको समापन समारोहमा भाग लिन चीन प्रस्थान र भदौ २९ गते भारतको औपचारिक भ्रमणमा जानुभयो । भदौ २ गते नेपाल र मित्रराष्ट्र भारतमा दुःख मच्चाउने गरी कोसी तटबन्ध फुट्यो र नेपालका ५० हजार र भारतका लाखौं व्यक्ति सो घटनाबाट प्रत्यक्ष प्रभावित भए । सो घटनाको घाउ अझै भरिएको छैन । असोज ३ गते अर्थमन्त्री डा।बाबुराम भट्टराईद्वारा गणतान्त्रिक नेपालको पहिलो बजेटका रुपमा दुई खर्ब ३६ अर्बको बजेट प्रस्तुत गर्नुभयो । सोही महिना दुई गते प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घको बैठकमा भाग लिन अमेरिका प्रस्थान गरी सात गते अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुससँग न्युर्याेकमा भेट गर्नुभएको थियो । असोज ४ गते भूमिसुधार तथा व्यवस्थामन्त्री मातृका यादवले दिनुभएको राजिनामा स्वीकृत भयो । असोज १० गते एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको सम्मेलन सम्पन्न भई रामकुमारी झाँक्री अध्यक्षमा निर्वाचित हुनुभयो ।कार्तिक ६ गते नेकपा माओवादीका नेता मोहन वैद्यले संविधानसभाको सदस्यताबाट राजिनामा दिनुभयो यसै महिनाको ८ गते सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिनु र ११ गते माओवादीको जनयुद्ध तथा मधेस आन्दोलनमा लागेको अभियोगमा पूर्ववर्ती सरकारका पालामा दायर भएका साढे तीन सय मुद्दा फिर्ता लिने निर्णय गरिनु यस महिनाका महत्पूर्ण घटना भए ।कात्तिक २४ गते नेपाली काङ्ग्रेसद्वारा नेकपा माओवादीद्वारा विस्थापित भएकाको घर जग्गा फिर्तालगायतका नौबुँदे माग प्रस्तुत गरिएको थियो ।मङ्सिर महिनामा नेपालको राजनीतिक विकासलाई गहिरो रुपमा चासो राख्ने भारत र चीनका नेताहरु यस महिना नेपाल भ्रमणमा व्यस्त रहे भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम १ गते भारतकै विदेशमन्त्री प्रणव मुखर्जी ९ गते र चीनका विदेशमन्त्री याङ जीइची १७ गते नेपाल आउनुभएको थियो ।संविधानसभाद्वारा संविधान लेखन कार्यतालिका मङ्सिर १ गते पारित भयो भने यही महिनाको २५ गते अन्तरिम संविधान २०६३ छैटौें संशोधन भयो । मङ्सिर महिनामा पनि दुःखद घटना भयो चितौनको हिलवर्ड आवासीय माविका विद्यार्थी बोकेको बस बुटबलबाट वनभोज खाएर फर्कंदा बाटोमा दुर्घटना २३ जना बालबालिकाको मृत्यु भयो । संविधान लेखनको कार्यतालिका पारित भएको ठीक एक महिनापछि पुस १ गते संविधान निर्माणको औपचारिकरुपमा कार्य प्रारम्भ भयो । सरकारद्वारा पुस १० गते राष्ट्रिय ऊर्जा सङ्कट घोषणा हुनु र लोडसेडिङको समय बढाएर १६ घण्टा गरिनु यस महिनाका महत्पूर्ण घटना रह्यो । पुस ११ गते संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच पाँचबुँदे सहमति भयो भने यता तराईकै प्रतिनिधित्व गर्ने अर्को पार्टी तराई मधेस लोकतान्त्रिक पार्टीले सरकारलाई दिएको सहमति पुस १७ गते फिर्ता लियो नेकपा माओवादीले यसै महिनाको २७ गते प्रचण्डपथ मार्गनिर्देशक सिद्धान्त परित्याग गर् यो र २९ गते नेकपा माओवादीको नाम परिवर्तन गरेर एकीकृत नेकपा माओवादीको गठन भयो । पुस २८ गते जनकपुर रेडियोमा कार्यरत पत्रकार उमा िसंहको विभत्स हत्या भएको थियो । माघ ४ गते मधेसी जनअधिकार फोरमको दोस्रो महाधिवेशन वीरगन्जमा सुरु भयो भने सभासद् बबन िसंह व्यापारी हत्याको अभियोगमा पक्राउ परे ।माघ ८ गते राजनीतिज्ञ श्रीभद्र शर्मा खनालको ८२ वर्षको उमेरमा मृत्यु भयो । पार्टी एकीकृत भएको एक महिनापछि एनेकपा माओवादीका नेता मातृका यादवले पार्टी परित्याग गर्नुभयो माघ १२ गते प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको थियो । फागुन १ गतेदेखि नेपालमा पहिलोपटक सबै सरकारी अस्पतालमा प्रसुति सेवा निःशुल्क गरिएको छ ।फागुन ५ गते नेकपा एमालेको आठौं महाधिवेशन बुटवलमा सुरु भई १३ गते सम्पन्न भयो र झलनाथ खनाल अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।फागुन १५ गतदेखि नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यसै महिना १९ गते गणतन्त्र नेपालमा पहिलो राष्ट्राध्यक्षका हैसियतले श्रीलङ्काका राष्ट्रपति महीन्द्रा राजपक्ष तीनदिने नेपाल भ्रमणमा आउनुभएको थियो । पूर्वराजा ज्ञानेन्द्र फागुन १४ गते र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २८ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री कप प्रथम अन्तराष्ट्रि्रय आमन्त्रण फुटबल प्रतियोगिता नेपालमा फागुन २२ गते सुरु भएको थियो । नेपाल रातोले सो प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।
चैत १ गते सरकार र थरुहट संंघर्ष समितिबीच भएको सहमतिपछि लामो समयदेखि मुलुकमा भइरहेको आन्दोलनका कार्यक्रम फिर्ता भएको थियो । चैत ६ गते त्रिभुवन विश्व विद्यालय र नेपाल संस्कृत विद्यालय अन्तरगतका क्याम्पसमा छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ढङ्ले सम्पन्न भएको थियो ।चैत ९ गते मन्त्रिपरिषद्को विस्तार भई दुई जना मन्त्री थप हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड नर्वे र फिनल्यान्डको भ्रमणका सिलसिलामा चैत १५ गते ओस्लोतर्फ प्रस्थान गर्नुभएको थियो । व्यवस्थापिका-संसदको हिउँदे अधिवेशन चैत १६ गते प्रारम्भ भएपनि आज वर्षको अन्तिम दिनसम्म पनि नियमित कार्यक्रममा प्रवेश गर्न सकेन ।चैत २० गते बेलायतका अन्तराष्ट्रिय विकासमन्त्री माइक फोस्टरको नेपाल आगमन र बेलायतद्वारा नेपाललाई तीन वर्षे सहायता कार्यक्रम अन्तरगत २० अर्ब दिने घोषणा भयो । चैत २४ गते ११ वर्षपछि पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रारम्भ भएको थियो । राष्ट्रपति डा।यादवले सो प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । चैत २८ गते संंविधानसभाको छ रिक्तस्थानका लागि उपनिर्वाचन
सम्पन्न भयो र माओवादीलाई तीन नेपाली काङ्ग्रेस एक नेकपा एमाले एक र मधेसी जनअधिकार फोरमलाई एक स्थान प्राप्त भएको थियो ।चैत ३० गते सत्तामा सहभागी नेकपा एमाले र एनेकपा माओवादीबीच बढ्दै गएको असमझदारीको अन्त्य गर्न दुई दलबीच नौ बुँदै सहमति भयो । दुई दलबीचको असहमतिका कारण लामो समयदेखि संसद अवरुद्ध हुनुका साथै मन्त्रिपरिषद्को बैठकसमेत बस्न सकेको थिएन ।यस वर्ष नेपाली लोक साहित्यकार सुवि शाह लोकगायक कृष्णविक्रम थापा प्रसिद्ध गायक राम थापा साचारकर्मी इन्द्र लोहनी साहित्यकार रमेश विकल साहित्यकार भरतराज पन्त वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी वरिष्ठ अधिवक्ता कुाजविहारीप्रसाद िसंह र चलचित्र निर्देशक दीपक आलोकलाई गुमाउनुपरेको छ ।